२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेभिवेट’का नाममा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित

२०७४, ११ कार्तिक शनिबार ०८:१२

कात्तिक ११, काठमाडौं । राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाएका छन् ।

‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा भएको अन्तक्र्रियामा सहभागी वक्ताले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सच्याउनका लागि दबाब दिन जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ८०७ जनाको उम्मेदवारी परेकामा त्यसमा महिला उम्मेदवार ४१ छ । तीमध्ये १८ जना प्रतिनिधिसभामा र २३ जना प्रदेशसभामा उम्मेदवार रहेकामा केही महिला उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।

नेपालको संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित गरेको छ । पहिलो चरणको निर्वाचनमा महिलाको सरदर उम्मेदवारी पाँच प्रतिशतको हाराहारीमा मात्र भएपछि महिला नेत्रीबाट त्यसप्रति आपत्ति व्यक्त भएको हो ।

मुलुकमा राजनीतिक परिवर्तन भए पनि नेताहरुमा महिलाप्रति हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको भनी चिन्ता व्यक्त गर्दै उहाँहरुले महिलाको समस्या राज्यको सवालका रुपमा नबुझ्दा महिला प्रतिनिधित्व कमजोर देखिएको टिप्पणी गरे ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि पार्टीबाट ६० महिलाको नाम मागिएकामा जम्मा दुई जनालाई मात्र पहिलो चरणमा टिकट दिइएको जनाउँदै यस्तै अवस्था रहने हो भने अब कडा कदम चाल्न बाध्य हुने बताए ।

एमाले नेत्री तथा गैरसरकारी महासंघ नेपालका पूर्वअध्यक्ष शर्मिला कार्कीले राजनीतिक दलले महिलाका लागि अवसर नै नदिने हो भने प्रतिस्पर्धी क्षमता कसरी देखाउन सकिन्छ भन्दै जिल्ला तहबाटै महिला उम्मेदवारको नाम कटाउने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताए ।

नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्माले महिलाको सवालमा दलभित्र संघर्षका आवाज उठाउँदा उठाउँदा हैरान भएको प्रसंग उल्लेख गर्दै निर्वाचन प्रणालीमै सुधार ल्याउन आवश्यक रहेको बताए । “निर्वाचन प्रणाली एकैखालको हुन आवश्यक देखिएकाले संविधान संशोधनमा पहिला यो विषयमा संशोधन हाल्न आवश्यक छ” उनले बताए ।

नेकपा (माले)की नेत्री नीलम केसीले राजनीतिक दलभित्र महिलाप्रति हेर्ने सोच र दृष्टिकोणमा सुधारको खाँचो औँल्याउँदै भने “निर्वाचन प्रणाली महँगो भयो, निष्ठा र इमानको राजनीति गर्नेलाई निकै अप्ठेरो अवस्था छ ।”

राजपा नेपालकी नेत्री पुष्पा ठाकुरले परिवर्तनका कुरा गर्ने राजनीतिक दलका नेतालाई महिला सहभागिता कमजोर रहेको विषयमा ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए ।

सो अवसरमा नेत्री मीना पाण्डे, शशी श्रेष्ठ, अमृता थापा मगर तथा अधिकारकर्मी लिली थापा, सलोनी श्रेष्ठ, पत्रकार टंक पन्त र गुणराज लुइँटेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार बन्न नचाहेको भन्ने भ्रमलाई चिर्न आवश्यक रहेको बताए ।

संविधान र कानूनमा आरक्षण र बराबरीको कुरा लेखिए पनि पितृसत्तात्मक दृष्टिकोणले महिलाले प्रतिस्पर्धी बन्न पाउने अधिकार नै अपहरणमा परेको बताउँदै उहाँहरुले कानूनी बाध्यात्मक व्यवस्था नभएसम्म महिलाको प्रतिनिधित्व सुनिश्चित हुन निकै कठिन रहेको धारणा व्यक्त गरे ।

मानवाधिकारकर्मी डा श्रीराम लामिछानेले तथाकथित हेभिवेटका नामा टिकट चेट हुने अवस्थाको अन्त्यका लागि दलभित्र आमूल परिवर्तनको विषयमा बहस चलाउनुपर्ने बताए ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतदाता एक करोड ५४ लाख २७ हजार ९३५ मध्ये महिला ७६ लाख ५१ हजार १४१ छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश