२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्वतन्त्र राजनीतिक समुहद्वारा जनसभा सम्पन्न

२०७४, ११ कार्तिक शनिबार ११:४६

श्याम थापा/कात्तिक ११, बेलाटारी । स्वतन्त्र राजनीतिक समूह द्वारा जनसभा कार्यक्रम प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सम्पन्न भएको छ । 

स्वतन्त्र राजनीतिक समूह का नेता एवम् साबिक बैदौली गा बि स का पुर्व गा बि स अध्यक्ष रामपृत यादवको अध्यक्षयतामा र स्वतन्त्र राजनीतिक समुहका नेता एवम् पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठीको प्रमुख अतिथ्यतामा भएको जनसभा कार्यक्रममा नेता हृदयेश  त्रिपाठीले जनसभा कार्यक्रमको सम्बोधन गर्नु भएको थियो । 


जनसभा कार्यक्रममा नेता त्रिपाठीले सम्बोधन गर्दै मधेसीहरुको माग ने क पा एमाले पार्टी बाहेक अरु कुनै पार्टीले नगर्ने बताए । साथै नेता त्रिपाठीले जनसभामा सहभागी भएका कार्यकर्ता तथा मतदाताहरुलाई सुर्य चुनाव चिन्हमा छाप लगाई स्वतन्त्र राजनीतिक समुहका उम्मेदवारहरुलाई बिजय बनाउन आग्रह पनि गर्नु भएको थियो । 

त्यसैगरि स्वतन्त्र राजनीतिक समुहका नेता बृजेश लाल गुप्ताले मधेसलाई बचाउनको लागि हामीहरूले ने क पा एमाले संग मिल्न परेको बताउनु भयो । नेता गुप्ताले यो पनि भन्नू भयो कि जब सम्म यो देशमा नेपाली काङ्ग्रेस पार्टीको सरकार रहन्छ तब सम्म मधेसी जनताहरुको हक अधिकार तथा माग पूरा नहुने बताउनु भयो । 

सो जनसभा कार्यक्रममा करिब ३०० जनाको उपस्थिति रहेको थियो । भने जनसभा कार्यक्रममा स्वतन्त्र राजनीतिक दलका नेता अजय बाहादुर शाही लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से