भास्कर के.सी/कात्तिक ११, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर भेला शनिबार बैजनाथ मा.वि.को बैठक हलमा भव्यताका साथ सम्पन्न भएको छ ।
आज भएको सम्मेलनले भगिरथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ जस्मा वरिष्ठ उपाध्यक्ष विरेन्द्र थापा, महिला उपाध्यक्ष कल्पना पाण्डेय (जोशी), उपाध्यक्ष जगत सुनार, सचिव विरेन्द्र प्रसाद भट्ट, अर्थ सचिव प्रेम बहादुर क्षेत्री, स–सचिव भुवन चौधरी सदस्यहरु कृष्ण जोशी, मनिराम सार्की, मदन राज वैज, भुवनेश्वरी विष्ट साउद, लगयात चार जना पछि मनोनित हुने गरी साथै मानसिंह तिरुवा प्रमुख सल्लाहकार रहने गरी ७ सदस्यि सल्लाहकार समितिको चयन गरेको छ ।
उक्त सम्मेलन भी.न.पा.का इन्चार्ज गंगादत्त भट्टको सभापतित्व रहेको थियो संगठनका केन्द्रीय उपाध्यक्ष एंव प्रदेश नं. ७ का इन्चार्ज बोक्सर जोशीको प्रमुख आतिथ्य तथा संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्द, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जीत बहादुर बम संगनठनका केन्द्रिय सदस्य तपेन्द्र प्रसाद भट्टको विशिष्ट आतिथ्यमा सम्मपन्न भएको उक्त कार्यक्रम सञ्चालन संगठनका जिल्ला सचिव उजल सिह धानुकले गरेका थिए ।