प्रेम सुनार | कात्तिक १२, गुल्मी | नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्"/>
प्रेम सुनार | कात्तिक १२, गुल्मी | नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्"/>
प्रेम सुनार | कात्तिक १२, गुल्मी | नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्मीमा पनि केहि वडा बाँकी रहेको र अधिकांसममा सम्पन्न भएको वाईसियल नेपाल ५ नम्वर प्रदेश कमिटीका उपाध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । जिल्लाका ९३ वडा मध्ये ८० वडामा सम्मेलन सम्पन्न भएको छ’– ज्ञवाली भने–‘ति वडाबाट करिव ३ हजार वाईसियल संगठित भएको प्रदेश कमिटीमा रिर्पोट आएको छ ।’
वाईसियका गुल्मी जिल्ला अध्यक्ष तारा रानाका अनुसार बाँकी रहेका वडा सहित करिव ५ हजार वाईसियल संघ र प्रदेश सभा निर्वाचन सम्म संगठित गर्ने तयारीमा संगठन जुटेको छ । २०६४ को संविधान सभा निर्वाचन ताकाका वाईसियल यसपालिको निर्वाचनमा परिचालन गर्ने तयारी भई रहेको गुल्मी प्रदेश नम्वर १ का उमेदवार तथा माओवादी केन्द्रको जिल्ला सह–ईन्चार्ज सुदर्शन बरालले बताए ।
नेकपा एमाले युवा संघ नेपालका जिल्ला ईन्चार्ज गणेश श्रीपालीका अनुसार त्यस संगठनमा करिव ७ हजार युवा संगठित छन् । दुवै पार्टीका युवाहरुलाई संयुक्त निर्वाचन परिचालन कमिटी बनाईने छ । कम्तीमा दश हजार युवा फिल्डमा खटाईने छ । करिव २ हजार विशेष तालिम प्राप्त युवा फोर्शलाई भई परी आउने काम र खास–खास स्थानमा पट्रोलिङ्गमा खटाईने वामगठवन्धनले जनाएको छ ।
वाम गठबन्धनका युवा शक्तिलाई अनुशासित ढंगबाट परिचालन गरिने छ । कुनै पनि मतदातालाई कसैको धाक धम्की र दवावमा पर्न दिनबाट रोकिने छ । मतदातालाई स्वतन्त्र बनाउने निर्वाचन संगै गुण्डागर्दी तह लगाउने युवाहरुको भुमिकालाई तिव्रता दिने वाम गठ बन्धनका नेताहरु बताउँ छन् ।
माथिको तस्वीरमा: शनिवार रुरु गाउँपालिकामा सम्पन्न वडा सम्मेलनको उद्घाटन सत्रमा वाईसियल नेताहरु