२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठाकुरलाई प्रदेश दुईको मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

२०७४, १२ कार्तिक आईतवार ०८:३६

कात्तिक १२, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताउनुभयो ।

एक प्रसङ्गमा अध्यक्ष यादवले भन्नुभयो,“नेकपा(एमाले) र नेकपा (माओवादीकेन्द्र)को गठबन्धन राष्ट्रविरोधी होइन तर यसले लोकतन्त्रलाई संस्थागत गरी समाजमा रहेको विभेदलाई अन्त्य गरी सामाजिक न्याय कायम गरेमा मात्र गठबन्धन सफल हुनेछ ।” 

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरी कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने सम्बन्धमा निश्चित नभएको जानकारी दिनुभयो । नेता यादवले संविधानको पुनःलेखन र संविधान संशोधनको माग पार्टीले नछाडेको बताउँर्दै आगामी निर्वाचनवाट नै यसको छिनोफानो हुने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “तोकिएको समयमै संघीय संसद् र प्रदेशको निर्वाचन हुनुपर्छ भन्ने अडान लिँदै मतमतको कारण देखाई निर्वाचन सारिएमा मुलुक धरापमा पर्छ । ” 

अध्यक्ष यादवले निर्वाचन आयोगले आफू स्वतन्त्र छु भन्ने विश्वास जनतामा दिलाउन तोकिएको समयमै स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश