२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा दुबै गठबन्धनका छुट्टा-छुट्टै भेला

१३ कार्तिक २०७४, सोमबार ०२:४६

दलसिंह गिरी | कात्तिक १३, कालिकोट | आउँदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पहिलो पार्टी बन्ने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच होडवाजी चलेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला निर्वाचन आयोगमा उम्मेदारी दर्तासँगै आ-आफ्नो प्रचार-प्रसारमा तम्सिएका २ गठबन्धनहरुबीच आफ्नो पल्लाभारी बनाउने होडबाजी चलेको हो ।

दुई गठबन्धनबीच शुक्रबार जिल्ला सदरमुकाम मान्ममा छुट्टाछुट्टै कार्यकर्ता भेला सम्पन्न गरेका छन् । लोकतान्त्रिक गठबन्धनको नेतृत्व लिएको नेपाली काँग्रेसका जिल्ला सभापति हर्षबहादुर बमको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न भएको छ भने उता बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमाले र एमाओवादीको संयुक्त आयोजनामा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

आगामी निर्वाचनमा आआफ्ना उम्मेदारहरुलाई जिताउन जनताहरुमाझ कसरी जाने भन्ने विषयमा कार्यकर्ताहरुबाट रायसुझाब संकलन तथा निर्वाचन प्रचार प्रसारमा पार्टीले तय गरेको रणनैतिक योजनाबारे छलफल गर्न भेलाको आयोजना गरेको दुबै गठबन्धनले जनाएका छन् ।

भेलाको सम्बोधन गर्दै नेपाली कांगे्रसका सभापती हर्षबहादुर बमले बिगत २०४६ सालदेखि काँग्रेसले हरेक निर्वाचनमा कालिकोटबाट पराजय सामना गरिरहनु परेका बेला अहिलेको निर्वाचनका लागि भएको बाम गठबन्धनले काँग्रेसलाई थप बलियो बनाएको दावी गरे । अहिलेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कालिकोटबाट जनताहरुले चाहेकै युवा नेता अगाडी बढाएकाले पनि कालिकोटमा काँग्रेस एक भएको अनुभुति दिलाएको बमले बताउनु भएको छ ।

विगतको गुट कांग्रेसबाट एक जुट कांग्रेस बनेको भन्दै लोकतान्त्रीक फोरमका केन्द्रीय सदस्य मैया मल्ल, कालिकोट जिल्ला अध्यक्ष शिवलाल रोकाया नयाँशक्ति पार्टी नेपालका राज्यलक्ष्मी शाहीलगायत अन्य पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य