९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको भोट तान्न कांग्रेसको यस्तो रणनीति

१३ कार्तिक २०७४, सोमबार १२:२६

कात्तिक १३, नवलपरासी | उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसले समानुपातिकबाट सांसदको सूचिमा राखेपछि त्यसलाई नवलपरासीमा अर्थपूर्ण रुपमा हेरिएको छ । 

नवलपरासीको बिकासको लागि विनोद चौधरीले गरेको कामहरुलाई आधार बनाई कांग्रेसको समानुपातिकको सुचिमा राखिएको भन्दै चर्चा गरिएको हो । कतिपयले यसलाई कांग्रेसको भोट तान्ने रणनीति बताइएको छ भने कतिपयले पैसाको लागि कांग्रेसले खेलेको रणनीति भनेका छन् । 

उद्योगपति चौधरीलाई मधेशी कोटाबाट समानुपातिकको सांसदको सूचिमा राखिएको छ । विनोद चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तरगत दुम्कौलीमा चौधरी उद्योग ग्राम रहेको छ । यसअघि २०६४ सालको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा सभासद रहेका विनोद चौधरीले आफूले पाउने सबै तलबमा ५० गुणा बढी थपेर नवलपरासीमा योजनावद्ध पुर्वाधार विकास निमार्ण र लगानी गरेका थिए । नवलपरासी जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका तथा भविष्यमा समेत नवलपरासीका जनताले राम्रो मान्ने भएकाले उनलाई कांग्रेसले आफ्नो पकडमा तानेको बताइएको छ । चौधरीको स्थानमा कांग्रेसको समानुपातिक सुचीमा अग्रपंक्तिमा राखिएको छ । 

अन्य मिडियामा यस बिषयमा आएको खबरमा पनि नवलपरासी क्षेत्र नम्बर १ मा स्थानिय तहको मतपरिणामलाई (वडागत मतको विश्लेषणमा) कांग्रेस १९७० मतले पछाडी रहको अवस्थामा चौधरीलाई कांग्रेसबाट समानुपातिकको सूचिमा राखिनुलाई अर्थपूर्ण रुपमा हेरीएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो