२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको भोट तान्न कांग्रेसको यस्तो रणनीति

२०७४, १३ कार्तिक सोमबार १२:२६

कात्तिक १३, नवलपरासी | उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसले समानुपातिकबाट सांसदको सूचिमा राखेपछि त्यसलाई नवलपरासीमा अर्थपूर्ण रुपमा हेरिएको छ । 

नवलपरासीको बिकासको लागि विनोद चौधरीले गरेको कामहरुलाई आधार बनाई कांग्रेसको समानुपातिकको सुचिमा राखिएको भन्दै चर्चा गरिएको हो । कतिपयले यसलाई कांग्रेसको भोट तान्ने रणनीति बताइएको छ भने कतिपयले पैसाको लागि कांग्रेसले खेलेको रणनीति भनेका छन् । 

उद्योगपति चौधरीलाई मधेशी कोटाबाट समानुपातिकको सांसदको सूचिमा राखिएको छ । विनोद चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तरगत दुम्कौलीमा चौधरी उद्योग ग्राम रहेको छ । यसअघि २०६४ सालको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा सभासद रहेका विनोद चौधरीले आफूले पाउने सबै तलबमा ५० गुणा बढी थपेर नवलपरासीमा योजनावद्ध पुर्वाधार विकास निमार्ण र लगानी गरेका थिए । नवलपरासी जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका तथा भविष्यमा समेत नवलपरासीका जनताले राम्रो मान्ने भएकाले उनलाई कांग्रेसले आफ्नो पकडमा तानेको बताइएको छ । चौधरीको स्थानमा कांग्रेसको समानुपातिक सुचीमा अग्रपंक्तिमा राखिएको छ । 

अन्य मिडियामा यस बिषयमा आएको खबरमा पनि नवलपरासी क्षेत्र नम्बर १ मा स्थानिय तहको मतपरिणामलाई (वडागत मतको विश्लेषणमा) कांग्रेस १९७० मतले पछाडी रहको अवस्थामा चौधरीलाई कांग्रेसबाट समानुपातिकको सूचिमा राखिनुलाई अर्थपूर्ण रुपमा हेरीएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश