२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ कांग्रेसले गरे बराहापोखरी र मंगलटारमा विशाल जनसभा

१३ कार्तिक २०७४, सोमबार १४:५२

चिसाङ शेर्पा | कात्तिक १३, खोटाङ | आगामी मंसिर १० गते हुने प्रतिनिधिर र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काग्रेस खोटाङले बराहापोखरी र मंगलटारमा विशालजनसभा गरेको छ । कांग्रेसले चुनावी अभियानको लागि तय गरेअनरुपको कार्यक्रमअनुसार सोमवार विशालजनसभा गरेको हो । 

बराहापोखरी गाउपालिकाको बराहापोखरीमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वार सरस्वति वजिमयले २०४८ सालदेखि खोटाङमा कम्यूनिष्टहरुले जितेको भएपनि खोटाङ्गे जनताका लागि केहि दिन नसकेको बताउँनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै वजिमयले अव,खोटाङको समृद्धिका लागि आर्थिक विकासका लागि कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताउँनुभयो । २०६४ सालमा माओवादीले र २०७० सालमा एमालेले दुवै क्षेत्रमा विजयी प्राप्त गरेको स्मरण गराउँदै उनिहरुले विजयीपछि कार्यकर्तालाई  भरणपोषण र कमिशनको खेल मात्र गरेको अन्यविकास निर्माणको काम नगरेको आरोप लगाउँनुभयो । उहाँले नामै उल्लेख गरेर क्षेत्र नम्बर २ वाट विजयी भएका विशाल भट्टराईले संसदिय विकास कोषको रकमले विकास गर्नुभन्दा पनि आफ्नो गोजि भर्ने तर्फ उन्मुख भएको बताउँनुभयो । वजिमयले वामएकताको हल्ला स्यालको हुँईयामात्र भएकोले चुनाव कांग्रेसले जित्ने विश्वास व्यक्तगर्नुभयो । 

यस्तै,खोटाङ प्रदेश ख का प्रत्यक्षतर्फका उम्मेद्वार विष्णुकुमार राईले खोटाङका जनताले माओवादी र एमालेलाई हेरीसकेका कारण यस पटक जनताले कांग्रेसलाई भारी मतदानगरि विजयी गराउँने अवशर आएको बताउँनुभयो । उहाँले चुनाव कांग्रेसको पक्षमा रहेकोले वामपन्थीहरु अत्तिसकेको आरोप लगाउँनुभयो । राईले आफ्नो मन्तव्यको क्रममा खोटाङको भौतिकपूर्वाधार, सडक बिद्युतिकरण सञ्चार, स्वास्थ्य र शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउँनका लागि पनि कांग्रेसलाई जिताउँनुपर्ने आवश्यक रहेको बताउँनुभयो । जिल्लाको कृषिपर्यटन र उद्योगमा वैज्ञानिक एवंम व्यवसायिक परिवर्तन गर्न, कला संस्कृति, संगित र सहित्यक क्षेत्र संचारलाई नमूनाको रुपमा सम्वर्धन प्रवर्धन गर्न, कृषकहरुका लागि सुलभ ऋणको व्यवस्थागर्न, यूवाशक्तिलाई व्यवसायिक बनाउँन, जेष्ठ नागरिक, शिशु एवं अपाङगता भएका व्यक्तिलाई सुबिधा दिलाउँन, बिद्यमान सिंचाईको सुबिधा हरेक नगरपालिका र गाँउपालिकामा विस्तार गर्नको लागि कांग्रेसले मात्र सक्ने भएकोले यसपटकको जनताको मतदान कांग्रेसको पक्षमा हुने बताउँनुभयो । राईले सावाखोलापारीका जनता अझै पनि विद्युत, संचार, र सडकको पहुचमा पुगि नसकोले ६ महिनाभित्र सवै वडाहरुमा विधुतिकरण, सडक निर्माण तथा मर्मत, संचारको व्यवस्थापन गरिने बताउँनुभयो । 

कार्यक्रममा पूर्व वन राज्यमन्त्री शिवकुमार वस्नेतले खोटाङगे जनताले आफुलाई २०५६ सालमा जिताएको भएपनि माओवादीको सशस्त्र जनयुद्धले विकासका गतिविधि गर्न नदिएको बताउँनुभयो । उहाँले माओवादीको सशत्र द्धन्दका कारण ज्यान जोगाउँननै मुस्कील भएको संम्झदै त्यो विचमा पनि जिल्लाका विभिन्न क्षेत्रमा विकास निर्माणको काम गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस पटक जनलहर कांग्रेसको पक्षमा रहेको र चुनाव कांग्रेसले जित्ने पक्काभएको दाविगर्नुभयो । 

यस्तै, नेपाली कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा २०७० सालमा कांग्रेसको आन्तरिक समस्याका कारणले गर्दा मात्र एमाले विजयी भएको बताउँनुभयो । उहाँले अव कांग्रेसमा समस्या नरहेको र कांग्रेस एक ढिक्का भएकोले कांग्रेसको तागतलाई कम्न्यूनिष्टहरुले कुनै पनि हालतमा छेक्ननसक्ने बताउँनुभयो । उहाँले खोटाङ लोकतान्त्रिक पार्टीहरुको गढ बन्ने र त्यो दिन तत्काल आउँने पनि बताउँनुभयो । 

मंगलटारमा पनि विशाल सभा

जिल्लाको पश्चिमी क्षेत्र मंगलटारमा पनि कांग्रेसको विशाल जनसभा भएको छ । कांग्रेस यूवा नेता तथा प्रदेश‘क’का प्रत्यक्ष उम्मेद्वार शुवासकुमार पोखरेलको उपस्थितिमा भव्य सभा भएको जनाईएको छ । कार्यक्रमलाई संवोधन गर्दै पोखरेलले प्रदेश ‘क’मा कांग्रेसले विजयी प्राप्त गरिसकेको बताउँनुभयो । पोखरेलले खोटाङको विकास गर्न अव जनताले कांग्रेसलाई रुचाएको बताउँनुभयो । माहोल कांग्रेसको पक्षमा रहेकोले जित निश्चित भएको उहाँको भनाई छ । उहाँले कम्यूनिष्टहरुको समान्ती संस्कार अव, कांग्रेसले अन्त्य गर्ने घोषणा गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो