२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ कांग्रेसले गरे बराहापोखरी र मंगलटारमा विशाल जनसभा

२०७४, १३ कार्तिक सोमबार १४:५२

चिसाङ शेर्पा | कात्तिक १३, खोटाङ | आगामी मंसिर १० गते हुने प्रतिनिधिर र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काग्रेस खोटाङले बराहापोखरी र मंगलटारमा विशालजनसभा गरेको छ । कांग्रेसले चुनावी अभियानको लागि तय गरेअनरुपको कार्यक्रमअनुसार सोमवार विशालजनसभा गरेको हो । 

बराहापोखरी गाउपालिकाको बराहापोखरीमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वार सरस्वति वजिमयले २०४८ सालदेखि खोटाङमा कम्यूनिष्टहरुले जितेको भएपनि खोटाङ्गे जनताका लागि केहि दिन नसकेको बताउँनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै वजिमयले अव,खोटाङको समृद्धिका लागि आर्थिक विकासका लागि कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताउँनुभयो । २०६४ सालमा माओवादीले र २०७० सालमा एमालेले दुवै क्षेत्रमा विजयी प्राप्त गरेको स्मरण गराउँदै उनिहरुले विजयीपछि कार्यकर्तालाई  भरणपोषण र कमिशनको खेल मात्र गरेको अन्यविकास निर्माणको काम नगरेको आरोप लगाउँनुभयो । उहाँले नामै उल्लेख गरेर क्षेत्र नम्बर २ वाट विजयी भएका विशाल भट्टराईले संसदिय विकास कोषको रकमले विकास गर्नुभन्दा पनि आफ्नो गोजि भर्ने तर्फ उन्मुख भएको बताउँनुभयो । वजिमयले वामएकताको हल्ला स्यालको हुँईयामात्र भएकोले चुनाव कांग्रेसले जित्ने विश्वास व्यक्तगर्नुभयो । 

यस्तै,खोटाङ प्रदेश ख का प्रत्यक्षतर्फका उम्मेद्वार विष्णुकुमार राईले खोटाङका जनताले माओवादी र एमालेलाई हेरीसकेका कारण यस पटक जनताले कांग्रेसलाई भारी मतदानगरि विजयी गराउँने अवशर आएको बताउँनुभयो । उहाँले चुनाव कांग्रेसको पक्षमा रहेकोले वामपन्थीहरु अत्तिसकेको आरोप लगाउँनुभयो । राईले आफ्नो मन्तव्यको क्रममा खोटाङको भौतिकपूर्वाधार, सडक बिद्युतिकरण सञ्चार, स्वास्थ्य र शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउँनका लागि पनि कांग्रेसलाई जिताउँनुपर्ने आवश्यक रहेको बताउँनुभयो । जिल्लाको कृषिपर्यटन र उद्योगमा वैज्ञानिक एवंम व्यवसायिक परिवर्तन गर्न, कला संस्कृति, संगित र सहित्यक क्षेत्र संचारलाई नमूनाको रुपमा सम्वर्धन प्रवर्धन गर्न, कृषकहरुका लागि सुलभ ऋणको व्यवस्थागर्न, यूवाशक्तिलाई व्यवसायिक बनाउँन, जेष्ठ नागरिक, शिशु एवं अपाङगता भएका व्यक्तिलाई सुबिधा दिलाउँन, बिद्यमान सिंचाईको सुबिधा हरेक नगरपालिका र गाँउपालिकामा विस्तार गर्नको लागि कांग्रेसले मात्र सक्ने भएकोले यसपटकको जनताको मतदान कांग्रेसको पक्षमा हुने बताउँनुभयो । राईले सावाखोलापारीका जनता अझै पनि विद्युत, संचार, र सडकको पहुचमा पुगि नसकोले ६ महिनाभित्र सवै वडाहरुमा विधुतिकरण, सडक निर्माण तथा मर्मत, संचारको व्यवस्थापन गरिने बताउँनुभयो । 

कार्यक्रममा पूर्व वन राज्यमन्त्री शिवकुमार वस्नेतले खोटाङगे जनताले आफुलाई २०५६ सालमा जिताएको भएपनि माओवादीको सशस्त्र जनयुद्धले विकासका गतिविधि गर्न नदिएको बताउँनुभयो । उहाँले माओवादीको सशत्र द्धन्दका कारण ज्यान जोगाउँननै मुस्कील भएको संम्झदै त्यो विचमा पनि जिल्लाका विभिन्न क्षेत्रमा विकास निर्माणको काम गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस पटक जनलहर कांग्रेसको पक्षमा रहेको र चुनाव कांग्रेसले जित्ने पक्काभएको दाविगर्नुभयो । 

यस्तै, नेपाली कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा २०७० सालमा कांग्रेसको आन्तरिक समस्याका कारणले गर्दा मात्र एमाले विजयी भएको बताउँनुभयो । उहाँले अव कांग्रेसमा समस्या नरहेको र कांग्रेस एक ढिक्का भएकोले कांग्रेसको तागतलाई कम्न्यूनिष्टहरुले कुनै पनि हालतमा छेक्ननसक्ने बताउँनुभयो । उहाँले खोटाङ लोकतान्त्रिक पार्टीहरुको गढ बन्ने र त्यो दिन तत्काल आउँने पनि बताउँनुभयो । 

मंगलटारमा पनि विशाल सभा

जिल्लाको पश्चिमी क्षेत्र मंगलटारमा पनि कांग्रेसको विशाल जनसभा भएको छ । कांग्रेस यूवा नेता तथा प्रदेश‘क’का प्रत्यक्ष उम्मेद्वार शुवासकुमार पोखरेलको उपस्थितिमा भव्य सभा भएको जनाईएको छ । कार्यक्रमलाई संवोधन गर्दै पोखरेलले प्रदेश ‘क’मा कांग्रेसले विजयी प्राप्त गरिसकेको बताउँनुभयो । पोखरेलले खोटाङको विकास गर्न अव जनताले कांग्रेसलाई रुचाएको बताउँनुभयो । माहोल कांग्रेसको पक्षमा रहेकोले जित निश्चित भएको उहाँको भनाई छ । उहाँले कम्यूनिष्टहरुको समान्ती संस्कार अव, कांग्रेसले अन्त्य गर्ने घोषणा गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से