कात्तिक १३, हेटौडा | मकवानपुर कांग्रेसले राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषणा गरेको छ । 

कांग्रेससँग तालमेलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, हेटौडा | मकवानपुर कांग्रेसले राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषणा गरेको छ । 

कांग्रेससँग तालमेलम"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुर कांग्रेसले कमल थापालाई भोट नहाल्ने घोषणा

२०७४, १३ कार्तिक सोमबार १५:२२

कात्तिक १३, हेटौडा | मकवानपुर कांग्रेसले राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषणा गरेको छ । 

कांग्रेससँग तालमेलमा आएका थापा मकवानपुरको क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बन्ने तयारीमा छन् । तर, नेपाली कांग्रेस मकवानपुरले  थापासँगको गठबन्धन अमान्य हुने घोषणा गरेको हो ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले कमल थापा १ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसको लहर देखेर आएको आरोप लगाएको छ । कांग्रेस जिल्ला पार्टीले कुनै पनि हालतमा  थापालाई नसघाउने उसले घोषाणा गरेको छ ।

कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेले केन्द्रबाट जस्तो निर्णय आए पनि पूर्वसांसद तथा जिल्ला सभापति इन्द्र बानियाँ नै उम्मेदवार बन्ने बताएका छन् । इन्द्र बानियाँले यस अघि पनि जितेका थिए । अहिले राप्रपा अध्यक्ष कमल थापालाई सोही क्षेत्रमा कांग्रेसले सघाउनुपर्ने अवस्था आएपछि स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

मकवानपुर कांग्रेसले कमल थापा सबैखाले परिवर्तनका विरुद्धमा रहेको व्यक्ति भन्दै उनको उम्मेद्वारी मान्य नहुने घोषणा गरेको हो । जनआन्दोलनको नरसंहारका दोषी भन्दै थापालाई कांग्रेसीजनले भोट नहाल्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से