९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने

१३ कार्तिक २०७४, सोमबार १६:३९

कात्तिक १३, बझाङ | बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । 

स्थानीय तहमा पनि तीन ठुला दलह?बीच नै प्रतिष्पर्धा देखिएकाले यस पटकको निर्वाचनमा पनि उनिह? विचनै प्रतिष्प्रधा देखीएको हो । बझाङमा बाम गठबन्दनबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट भैरब बहादुर सिंह चुनावी मैदानमा उत्रीएका छन भने प्रदेश सभा क मा एमालेकै अर्जुन थापा र प्रदेश सभा ख मा माओवादीकी देवकी मल्लले उमेदवारी दिनु भएको छ ।

काँग्रैसवाट भने प्रतिनिधि सभामा पृथ्वी बहादुर सिंह र प्रदेश सभामा क मा चन्द्रा जोशी र ख मा नरेशबहादुर सिंह चुनावी मैदानमा उत्रीएका छन । 

स्थानिय र्निबाचनमा बहुमत रहेको एमालेको यो र्निबाचनमा माओवादीसँग गठबन्धन भएपछि, गठबन्धनका उमेदवार बलिया देखिएका छन, तर काँग्रेसले त्यो मानेको छैन । काँग्रेसका नेताह? एमालेभीत्रको विवादले आफुह? जित्ने दाबी गरिरहेका छन ।

जिल्लाको प्रदेश सभाको क नम्वर क्षेत्र सदरमुकाम चैनपुर क्षेत्रमा बाम एकता का तर्फ वाट अर्जुन बहादुर थापा र काँग्रेसका तर्फवाट निबर्तमान साँसद चन्द्रा जोशी चुनावी मैदानमा छन ।

 चन्द्रा जोशी काँग्रेस भित्रको सस्थापन धारकी हुन । तल्लो क्षेत्रमा भने प्रतिनिधि सभाका लागी बाम गठबन्धनवाट माओवादीकी दिवकी सिंह उमेदवारी छन् भने काँग्रेसका नरेश बहादुर सिंह उमेदवार छन् । 

नरेशबहादुर सिहको बुँगल क्षेत्रमा राम्रो पकड भएकाले पनि त्यहाँ उहाँको सम्भावना रहेको तर्क गर्नह? पनि कम छैनन । स्थानिय र्निबाचनमा एमालेको २८ हजार ५ सय ८९ काँग्रेसको २५ हजार ५ सय ८१ र माओवादीको १२ हजार १ सय ३३ मत आएको थियो । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो