पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेक"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

रामहरि खतिवडाको अपिल ‘मन लागे मत दिनुस् नत्र नदिनुस्’

१४ कार्तिक २०७४, मंगलवार ०१:५१

पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेका छन् । खिजीदेम्बा गाउँपालिका स्थित रगनीबाट चुनावी अभियानको सुरुवात गर्दै खतिवडाले संघ र प्रदेशसभा अन्तरगतका दुवै क्षेत्रमा कांग्रेस विजयीहुने दावी गरेका हुन् । 

रगनी स्थित चण्डेश्वरी माविको निर्माणाधीन भवनको परिषरमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसको संघ तर्फका उमेद्वार समेत रहेका खतिवडाले खिजीदेम्बा कांग्रेसको गढ क्षेत्र भएकाले आफुले अभियान यहिँबाट सुरु गरेको बताए । ‘मैले पनि अरुको तुलनामा कम काम गरेको छैन, मेरो कामलाई कसरी लिनुभएको छ, त्यो बुझ्न र भोट माग्न आएँ’ मतदाता माझ निकै नरम स्वभावले प्रस्तुत हुँदै उनले भने‘मन लागे मत दिनुस् नत्र नदिनुस् ।’ 

लोकतन्त्रमा दल र उमेद्वार रोज्ने अधिकार जनतालाई रहेको भन्दै आफ्नो अधिकार प्रयोग गरेर योग्य नेता छान्न स्थानीयलाई सुझाए । अरुबेला निकै विपक्षीको विरोध गर्ने खतिवडाले यस पटकको चुनावी अभियानमा अलि फरक शैली अपनाएका छन् । म कुनै पार्टी र नेताको विरोध गर्दिनँ भनेर भाषण सुरु गरेका खतिवडाले आफुले जिल्लाको विकासका लागि गरेको काम बारे बताउन अधिकांश समय खर्चिए । कांग्रेसका प्रदेश क का उमेद्वार मित्रसेन दाहाल, कांग्रेस उपसभापति तेजेन्द्र खनाल, सचिव नबराज केसी,प्रवत्ता राजकुमार ढुंगाना सहितका नेताले कार्यक्रम सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो