९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित

१४ कार्तिक २०७४, मंगलवार ०३:१३

कात्तिक १४, बैतडी (रासस) | बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ । 

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको हो । 

निर्वाचन आयोगको अर्को आदेश आएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । निर्वाचन आयोगले कार्यक्रम स्थगित गर्नुको कारण नखुलाए पनि प्रत्यक्षतर्फका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग–अलग मतपत्र छाप्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताइएको छ । 

यसका साथै बैतडीमा मतदाता शिक्षा प्रदान गर्न छनोट भएका मतदाता शिक्षा स्वयंसेवकलाई भोलि १५ गते दिइने भनिएको तालीम पनि अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि बैतडीमा १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा स्वयंसेवकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत कसरी दिने, कसरी बदर कम गर्ने भन्ने विषयमा सम्पूर्ण मतदातालाई सिकाउने बताइएको छ । 

यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो । यसका साथै मतदाता शिक्षा कार्यक्रम भए÷नभएको बारेमा सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतले अनुगमन गर्ने पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधि सभाका लागि १ र प्रदेश सभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा एकलाख ३२ हजार ३१९ मतदाता रहेका छन् । 

विसं २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो