९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा एफएमका पुर्वस्टेशन मेनेजर चुनावी मैदानमा

१४ कार्तिक २०७४, मंगलवार १२:४६

चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । खोटाङमा एफएमका पुर्वस्टेशन मेनेजर टंक थापा प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । 

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पुर्वस्टेशन मेनेजर थापा संघीय समाजबादी फोरमका तर्फबाट खोटाङ क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा उठेका हुन् । 

सञ्चारको अभाव नै अविकासको कारण मान्दै २०६३ सालदेखि २०७२ सालसम्म रुपाकोट एफएमका स्टेशन मेनेजरको भूमीका सम्हालेका थापा राज्यमा सबै जाती, क्षेत्र लिंग, बर्गको समान अधिकार र समान सहभागीताको ग्यारेन्टीका लागि चुनावी मैदानमा आएको बताउँछन् ।

नेपालमा जातीय, क्षेत्रीय, लिंगीय, बर्गीय लगायतका बिभेद छ, उत्पीडनमा परेका समुदाय छन्,’ ४४ वर्षीय थापाले भने, हरेक निकायमा तिनै वर्गको समान अधिकार र समान सहभागीताको सुनिश्चितता गराउँने लक्ष्यकासाथ चुनावी मैदानमा आएको छु ।’ 

पहिचान सहितको संघीयतालाई व्यवहारमा उतार्ने, संबिधानमा रहेका कमी÷कमजोरीलाई सुधार गर्दै संबिधानलाई जनताको पक्षमा पूर्ण बनाउने, व्यवहारमा देखिनेगरी धर्मनिरपेक्ष राज्यको स्थापनामा पहल गर्ने लगायतका चुनावी एजेण्डा लिएर थापा चुनावी अभियानमा उत्रिएका हुन् । कुनैबेला एफएमका लागि समाचार र विज्ञापन माग्दै बजार पुगेका थापा अहिले भोट माग्दै गाउँ–गाउँ डुलिरहेका छन् । 


२०४७ साल बैसाखबाट अनेरास्वबियु महेन्द्रोद्धय माबि ओख्रेमा प्रारम्भिक कमिटि उपाध्यक्षबाट राजनिति सुरु गरेका थापा २०७१ सालबाट संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । 

२०४९ देखि २०५३ सम्म तीन कार्यकाल अखिलको जिल्ला अध्यक्ष, २०५१ सालमा एमाले निकट विद्यार्थी संगठनकातर्फबाट दिक्तेल बहुमुखी क्याम्पसको स्ववियू सभापति, २०५३ सालमा एमालेको जिल्ला सदस्य, प्ररायू संघको जिल्ला अध्यक्ष, २०४८ सालमा एमालेका जिल्ला सचिव बनेका थापा लामो समयसम्म राजनितीभन्दा बाहिर बसेर पुःन संघीय समाजबादी फोरमबाट राजनितीलाई निरन्तरता दिएका हुन् । 

सामुदायीक रेडियो स्थापनाका अभियान्तामध्येका एक थापाले रुपाकोट रेडियोलाई दक्षिण एसियमै सबैभन्दा बढि शेयर भएको एफएमकारुपमा स्थापित गर्न भूमीका निर्वाह गरे । 

उनकै पहलमा रुपाकोट एफएमबाट विभिन्न भाषा/भाषीका समाचार तथा कार्यक्रम प्रशारण सुरु गरिएको थियो । हाल पार्टीका किरात प्रदेश समिति सदस्य एबं जिल्ला उपाध्यक्ष रहेका थापाले दिक्तेल बहुमुखी क्याम्पसमा केही समय अध्यापन समेत गरेका थिए । 

जसरी पनि चुनाव जित्ने’ प्रबृत्तिका बिरोध गर्दै चुनावी अभियानमा सामेल भएको उम्मेद्वार थापाले बताए । चुनावको गलत प्रयोग भइरहेको छ । चुनाव भनेको स्वार्थपुर्ती गर्ने माध्यम हो, जसरी पनि जित्नुपर्छ भन्ने गलत मान्यता स्थापित छ,’ थापाले भने, हामी त्यसको बिरोधी हौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो