२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा अधिकांश उम्मेद्वार पुरानै

१४ कार्तिक २०७४, मंगलवार १५:०९

चिसाङ शेर्पा | कात्तिक १४, खोटाङ | मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा अधिकांश पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् । खोटाङका जनताले उल्ट्याई, फर्काई, अघिपछि सवै कोणवाट नियालेका नेताहरु चुनावी मैदानमा आएका हुन् । कसले कती के गरे नालीवेली वुझीसकेका कांग्रेस, एमाले, माओबादी केन्द्र, नेकपा माले लगायतका दलकातर्फबाट अधिकांश पूरानै अनुहार दोहोरिएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा विशेषगरी ठूला दलभित्र २०६४ साल यताको निर्वाचनमा उठिसकेका उम्मेद्वार पनि दोहोरिएका छन् । टिकटका लागि नयाँ र पुराना आकांक्षीको सूची केन्द्रमा सिफारिस भए पनि अधिकांश पुरानै उम्मेद्वारले बाजी मारेका हुन् । निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । 

२०६४ सालको संबिधानसभा निर्वाचनमा लडेका कांग्रेस नेता सुवासकुमार पोखरेल पुःन दश वर्षपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङ क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका छन् । यसपल्ट क्षेत्र नम्बर २ बाट प्रदेशसभामा उठेका कांग्रेस नेता बिष्णुकुमार राई पनि २०७० सालको निर्वाचनमा लडेका थिए । यद्यपी, वर्तमान महासमिति सदस्य रहेका नेता पोखरेल र राई चुनावमा पराजित भएका थिए । कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्यमा टिकट पाएकी सरस्वती बजीमय पनि पुर्वसभाषद हुन् । बजीमय २०७० सालमा समानुपातिक सभाषद बनेकी थिईन् । 

यस्तै, बाम गठबन्धन अन्तरगत एमालेकातर्फबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेता बिशाल भट्टराई २०७० सालको निर्वाचनमा विजयी सांसद हुन् । २०६४ सालमा माओबादीका उम्मेद्वार समिता कार्कीसँग पराजित भट्टराईले २०७० सालको संविधानसभाको निर्वाचनमा भने कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईलाई पछि पारेका थिए । भट्टराई एमालेका बैकल्पीक केन्द्रीय सदस्य पनि हुन् । बाम गठबन्धनकातर्फबाट क्षेत्र नम्बर २ बाट उठेका माओबादी केन्द्रका रामकुमार राई पनि २०६४ सालको निर्वाचनमा लडेका उम्मेद्वार हुन् । उसबेला कांग्रेसका सुवासकुमार पोखरेललाई पछि पारेका रामकुमार दश वर्षपछि पुःन चुनाबी मैदानमा उत्रिएका हुन् । २०६४ साल र २०७० सालको दुबै निर्वाचनमा हात लागेको टिकट गुमाएका एमाले नेता राजन राई यसपल्ट बाम गठबन्धनकातर्फबाट क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा उठेका छन् । उनी एमालेका बैकल्पीक केन्द्रीय सदस्य हुन् । २०६४ सालमा पराजित तथा २०७० सालको चुनावमा सांसदमा विजयी पिके राई भने यसपल्ट टिकटको जोडघटाउबाट बाहिरिएका छन् ।

यसैगरी, २०७० सालको निर्वाचनमा राप्रपाकातर्फबाट क्षेत्र नम्बर १ बाट लडेका राप्रपा प्रजातान्त्रिकका नेता धर्मराज पोखरेल पनि यसपल्ट दोहोरिएका छन् । लोकतान्त्रिक गठबन्धनकाक्रममा मनोनयन फिर्ता लिने भनिए पनि पोखरेलले मनोनयन फिर्ता गरेनन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट २०७० सालको संबिधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट लडेका कुलप्रसाद शर्मा फुयाँल पुःन नेकपा मालेकातर्फबाट प्रदेशसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका छन् । फुयाँल पार्टीका पोलिटव्यूरो सदस्य हुन् । कार्यकर्ता व्यवस्थापन चुनौती देखिए पनि आगामी निर्वाचनमा गठबन्धन पार्टी बढि उत्साहित देखिएका छन् । लोकतान्त्रिक गठबन्धन पनि बाम गठबन्धनका असन्तुष्टपक्षबाट फाईदा उठाउने दाउमा छन् । 

१ लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा १९ उम्मेद्वार चुनावी मैदानमा छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा संघीय समाजबादी फोरमकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि डा. कृष्णकुमार राई, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नबिन राई र क्षेत्र नम्बर २ बाट टंकबहादुर थापा, नयाँ शक्तीकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मदन राई चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता नगराएको नेकपा मालेले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नेत्रबहादुर कट्वाललाई उम्मेद्वार बनाएको छ । यस्तै, राष्ट्रिय जनता पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि खम्बूवान राष्ट्रिय मोर्चाका बिश्वास राई र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट तुलसीकुमार राईको मनोनयन दर्ता गराएको छ । प्रतिनिधिसभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसनकातर्फबाट बीरलाल राई, राष्ट्रिय जनमुक्ती पार्टीकातर्फबाट गोकर्ण राई, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) कातर्फबाट महेश बास्तोला र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकातर्फबाट गणेशबहादुर राई मैदानमा छन् । राप्रपा नेपालले भने कुनै पनि पदमा मनोनयन दर्ता गराएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता