२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

चुनावका लागि प्रदेश ६ मा प्रहरी अपुग

२०७४, १४ कार्तिक मंगलवार १५:३१

दलसिंह गिरी | कात्तिक १४, सुर्खेत । पहिलो चरण निर्वाचन हुने ६ नम्बर प्रदेशका सात जिल्लाका लागि ५ सय प्रहरी अपुग रहेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय ९९ मतदान केन्द्रका लागि झन्डै ४ हजार प्रहरीमात्र उपलब्ध छन् । 

प्रदेश प्रहरी प्रमुख एवम् अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले भौगोलिक विकटता, दलहरूको प्रभाव र स्थानीय निर्वाचनको अवस्थालाई विश्लेषण गर्दा मतदान केन्द्रमा ८ देखि १५ जनासम्म प्रहरी खटाउनुपर्ने बताए । हाल कायम जनशक्तिले निर्वाचन सुरक्षा दिन नसकिने उनको भनाइ छ । ६ नम्बर प्रदेशमा कर्णालीका कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, पश्चिम रुकुम र जाजरकोटमा मंसिर १० गते निर्वाचन हुँदैछ ।

प्रदेश प्रहरी कार्यालयमा ५ हजार ९० प्रहरी दरबन्दी भए पनि एक हजार पाँच सय रिक्त छन् । दोस्रो चरणमा निर्वाचन हुने सुर्खेत, दैलेख र सल्यानबाट प्रहरी पठाउँदासमेत अपुग हुने कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय मातहत सशस्त्र प्रहरी गण सुर्खेत, प्रहरी तालिम केन्द्र नेपालगन्ज छ ।

पहिलो चरणमा निर्वाचन हुन लागेका सात जिल्लामा २ सय ९१ केन्द्रलाई अति संवेदनशीलमा राखिएको छ । ‘मतपेटिका र निर्वाचन सामग्रीको सुरक्षाका साथै मतदानस्थलदेखि केन्द्रसम्म ल्याउँदा बाटोमा धेरै खतरा हुन सक्छ,’ एआईजी चन्दले भने, ‘यदि कुनै व्यवधान सिर्जना भए भौगोलिक विकटताका कारण तत्काल थप सुरक्षाकर्मी खटाउन समस्या छ ।’

सञ्चार नेटवर्कको पहुँच नहुँदा पनि सुरक्षा चुनौती थपिएको उनले बताए । प्रहरीले विगतका निर्वाचनमा जस्तो सुरक्षा चुनौती नभएको बताएको छ । यसपटक अधिकांश दल निर्वाचनमा सहभागी हुनु, स्थानीय तहमा जनप्रतिनिधि हुनु जस्ता कारणले निर्वाचन शान्तिपूर्ण हुन सक्ने प्रहरीको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश