२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेतृत्वको पार्टी नेकपा र वाईसीएलद्वारा ढुंगेल गिरफ्तारीको बिरोध

२०७४, १४ कार्तिक मंगलवार १५:५६

कात्तिक १४, काठमाडौँ (रासस) | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ । 

सो पार्टीका महासचिव चन्दद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ । 

नेता ढुंगेलको गिरफ्तारीको भत्सर्ना गरी रिहाइको माग गर्दै विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने र आन्दोलनमा विशेष साथ दिनेलाई स्तब्ध पारेको छ ।” 

ढुंगेलको गिरफ्तारी 'हारको उपज': वाइसिएल 

यस्तै नेकपा (माओवादी केन्द्र)संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ । 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा जनयुद्धकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्नुपर्नेमा व्यक्ति विशेषलाई मात्रै दोषी करार गर्ने प्रवृति हारको उपज भएको उल्लेख छ । 

यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पनि आज एक विज्ञप्तिमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नदिने षड्यन्त्रका साथ नेता ढुंगेललाई पक्राउ गरिएको बताउनुभएको छ । 

वामपन्थी गठबन्धनको सम्भावित विजयबाट अत्तालिएका प्रवृत्तिले चुनाव भाड्ने नियतका साथ उहाँलाई पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश