१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेतृत्वको पार्टी नेकपा र वाईसीएलद्वारा ढुंगेल गिरफ्तारीको बिरोध

१४ कार्तिक २०७४, मंगलवार १५:५६

कात्तिक १४, काठमाडौँ (रासस) | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ । 

सो पार्टीका महासचिव चन्दद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ । 

नेता ढुंगेलको गिरफ्तारीको भत्सर्ना गरी रिहाइको माग गर्दै विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने र आन्दोलनमा विशेष साथ दिनेलाई स्तब्ध पारेको छ ।” 

ढुंगेलको गिरफ्तारी 'हारको उपज': वाइसिएल 

यस्तै नेकपा (माओवादी केन्द्र)संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ । 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा जनयुद्धकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्नुपर्नेमा व्यक्ति विशेषलाई मात्रै दोषी करार गर्ने प्रवृति हारको उपज भएको उल्लेख छ । 

यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पनि आज एक विज्ञप्तिमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नदिने षड्यन्त्रका साथ नेता ढुंगेललाई पक्राउ गरिएको बताउनुभएको छ । 

वामपन्थी गठबन्धनको सम्भावित विजयबाट अत्तालिएका प्रवृत्तिले चुनाव भाड्ने नियतका साथ उहाँलाई पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो