९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहेछ उद्योगपति बिनोद चौधरी काँग्रेस प्रवेश गर्नुको कारण

१४ कार्तिक २०७४, मंगलवार १६:०९

कात्तिक १४, काठमाडौँ (रासस) | उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताउनुभएको छ । 

उद्योगपति चौधरीले आज एक विज्ञप्ति प्रकाशित गरी काँग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी गराउनुभएको हो । ‘आफू किन काँग्रेस प्रवेश गरेँ’भन्ने शीर्षकमा उद्योगपति चौधरीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर स्वागत गर्नुभयो । काँग्रेसले सार्वजनिक गरेको उक्त आह्वान तथा पहलबाट आफू झनै उत्साहित भएँ ।” 

आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवद्र्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र बल्ड इकोनोमिक फोरमदेखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उहाँले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वर्गीय प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग काम गर्ने सौभाग्य मिलेको समेत स्मरण गर्नुभएको छ । 

पूर्व सांसद त्रय काँग्रेस प्रवेश 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित पूर्वसांसद मोहनसिंह राठौर र एमालेकै अर्की पूर्वसांसद रविना चौधरी आज औपचारिक रुपमा काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिई स्वागत गर्नुभएको छ । 

झापाको तोपगाछी गाविसका पूर्वएमाले अध्यक्ष पदम गौतमसहित दर्जन एमाले कार्यकर्तासहित सोमबार काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 

आजै नेकपा (माओवादी केन्द्र) का सर्लाहीबाट निर्वाचित पूर्वसांसद शम्भुलाल श्रेष्ठ तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य नन्दनकुमार दत्त, डा अबुल अन्सरीलगायत दर्जनौं नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 

त्यस्तै राप्रपाका पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वसांसद् एवं पोखराका उद्योगपति सूर्यबहादुर केसी र पूर्वमन्त्री कुमार खड्कासहित सयौँ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

यसैगरी संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का पूर्वसांसद अभिषेक प्रताप साह पनि काँग्रेस प्रवेश गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो