२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहेछ उद्योगपति बिनोद चौधरी काँग्रेस प्रवेश गर्नुको कारण

२०७४, १४ कार्तिक मंगलवार १६:०९

कात्तिक १४, काठमाडौँ (रासस) | उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताउनुभएको छ । 

उद्योगपति चौधरीले आज एक विज्ञप्ति प्रकाशित गरी काँग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी गराउनुभएको हो । ‘आफू किन काँग्रेस प्रवेश गरेँ’भन्ने शीर्षकमा उद्योगपति चौधरीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर स्वागत गर्नुभयो । काँग्रेसले सार्वजनिक गरेको उक्त आह्वान तथा पहलबाट आफू झनै उत्साहित भएँ ।” 

आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवद्र्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र बल्ड इकोनोमिक फोरमदेखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उहाँले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वर्गीय प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग काम गर्ने सौभाग्य मिलेको समेत स्मरण गर्नुभएको छ । 

पूर्व सांसद त्रय काँग्रेस प्रवेश 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित पूर्वसांसद मोहनसिंह राठौर र एमालेकै अर्की पूर्वसांसद रविना चौधरी आज औपचारिक रुपमा काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिई स्वागत गर्नुभएको छ । 

झापाको तोपगाछी गाविसका पूर्वएमाले अध्यक्ष पदम गौतमसहित दर्जन एमाले कार्यकर्तासहित सोमबार काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 

आजै नेकपा (माओवादी केन्द्र) का सर्लाहीबाट निर्वाचित पूर्वसांसद शम्भुलाल श्रेष्ठ तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य नन्दनकुमार दत्त, डा अबुल अन्सरीलगायत दर्जनौं नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 

त्यस्तै राप्रपाका पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वसांसद् एवं पोखराका उद्योगपति सूर्यबहादुर केसी र पूर्वमन्त्री कुमार खड्कासहित सयौँ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

यसैगरी संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का पूर्वसांसद अभिषेक प्रताप साह पनि काँग्रेस प्रवेश गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से