२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा चुनावमा मामा-भान्जाको रोचक भिडन्त (अघिल्लो मत परिणामसहित)

२०७४, १५ कार्तिक बुधबार ०७:३०

भोजराज कार्की/कात्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ । 

प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा-भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा (एमाले)का नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा (क) का साझा उम्मेदवार हुनुहुन्छ भने उहाँ नाताले मामा हुनुहुन्छ भने नेपाली काँग्रेसबाट सोही पदमा प्रकाशसिंह कार्की (भान्जा) उम्मेदवार बन्नुभएको छ । 

वाम शक्ति र काँग्रेसबीच कडा प्रतिष्पर्धा हुने यस क्षेत्रमा मामा भान्जाको उम्मेदवारीले चर्चा पाउनथालेको छ । “रगतको नाता भएपनि राजनीतिमा फरकफरक धु्रवमा अगाडि बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार छौँ” नेपाली काग्रेसका उम्मेदवार भान्जा प्रकाशसिंह कार्कीले भन्नुभयो । उहाँले भन्नुभयो, “मैदानमा उत्रिएका छौँ, जे हुन्छ, नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ ।” 

यस्तै वाम गठबन्धनका तर्फका उम्मेदवार मामा उत्तमकुमार बस्नेतले भन्नुभयो, “मामा भान्जाको नाता घरभित्रको नाता हो, तर समाजसेवामा त्यो नातावाद लागू हँुदैन, हामी चुनावी मैदानमा छौँ, यसको निर्णायक जनता हुन् ।” 

स्थानीय तहको मत परिणामलाई हेर्दा 

सोलुका चार गाउँपालिकामध्ये महाकुलुङ र दूधकौशिका प्रमुखमा माओवादी केन्द्रले जितेको छ भने सोताङ र नेचा सल्यान गाउँपालिका प्रमुखमा एमालेले जितेको छ । 

स्थानीय तहको मत परिणामलाई आधार मान्दा प्रदेश सभा ‘क’ मा काँग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीभन्दा गठबन्धनका उम्मेदवार एमालेका उत्तमकुमार बस्नेत चार हजार ८२७ मतले अगाडि छन् । 

प्रदेश सभा ‘क’ मा महाकुलुङ, सोताङ, दूधकौशिका र नेचा सल्यान गाउँपालिका रहेको छ । जहाँ स्थानीय तहमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत ११ हजार ३३ रहेको छ भने काँग्रेसको मत छ हजार २०६ रहेको छ । यहाँ काँग्रेस चार हजार ८२७ मतले पछि देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से