२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा जनप्रतिनिधिकै गाडिमा भित्रिदै गरेको अबैध मदिरा बरामद

१६ कार्तिक २०७४, बिहीबार १२:४७

कात्तिक १६, दार्चुला | दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा जनप्रतिनिधि र स्थानिय ब्यपारीहरुको मिलेमतोमा गोकुलेश्वरबाट ल्याइदै गरेको ३२ पेटि प्रतिबन्धीत मदिरा बिहिबार प्रहरीले पक्राउ गरेको छ । गत साउनदेखी नै मदिराको कारोबार पुर्ण प्रतिबन्ध गरीएको उक्त गाउँपालीकामा जनप्रतिनिधिकै संलग्नतामा अबैधरुपमा भित्र्याउदै गर्दा फेला परेको हो ।

कार्तीक शुक्ल चतुदर्शीका दिन शुक्रबार राष्ट्रकै सातौ धाम मालीकार्जुन मन्दीरमा लाग्ने ठुलो जात्रामा बिक्री गर्नकोलागी शैल्यसिखर नगरपालीका ९ गोकुलेश्वर बजारबाट मालीकार्जुन ल्याउँदैगर्दा मन्दीरको प्रबेश द्धारा मालीकार्जुन गाउँपालीका ३ चैतलिचौरबाट प्रहरीले मदिरा बरामद गरेको हो ।

गाउँपालीकाको वडा नम्बर ३ का निर्बाचित वडाअध्यक्ष एब. मालीकार्जुन मन्दीरका मुखीया रुद्र सिह धामीको म १ ज ९९ नम्बरको गाडि र से १ ज २८३ नम्बरको अर्को गाडि गरी २ ओटा गाडिहरुबाट मालीकार्जुनको चैतलिचौरमा प्रहरीले बिभिन्न ब्रान्डको ३२ पेटि मदिरा बरामद भएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष धामीले भने आफुलाइ जानकारी नगराएर अर्कैले गाडि चलाएकोले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन । दुबै गाडिबाट गरी प्रहरी चौकी मालीकार्जुनले एसटिएस १४ पेटि, बोक्सर १२ पेटि, भर्जिन ४ पेटि र अर्ना बियर २ पेटि बरामद गरेको प्रहरी चौकि मालीकार्जुनका सइ कुबेर सिह धामीले जानकारी दिनुभयो ।

वडा नम्बर ३ का निर्बाचित वडा सदस्य पदम सिह धामी, ब्यपारी प्रकास सिह धामी र कम्मान सिह धामीले जनप्रतिनिधिको गाडि प्रयोग गर्दै मालीकार्जुन जात्रामा ब्यपार गर्न गोकुलेश्वरबाट मदिरा ल्याएको खुलेको छ । बरामद गरीएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलालाइ बुझाइएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यसैबिच मालीकार्जुन गाउँपालीकाले साउन ३१ गते नै गाउँपालीकाभित्र मदिराको बिक्रिबितरण र प्रयोगमा पुर्ण प्रतिबन्ध गर्ने निर्णय गरेपनि जनप्रतिनि नै मदिराको कारोवारमा संलग्न पाइएपछि जनताहरुले आलोचना गरेका छन । जनप्रतिनिधिहरुले सरकारलाइ राजस्व तिरेर सामान्य ब्यबसाय गरीरहेका ब्यवसायिहरुको कारोबार बन्द गराएर कमाउ धन्दा चलाएको आरोप लगाएका छन । आफै धामी आफै झाक्री भएर जनप्रतिनिधिहरुले अनैतिक र असामाजिक काम गरेको मालीकार्जुनबासीको प्रतिक्रिया छ ।

गाउँपालीका अध्यक्ष नरेन्द्र सिह धामीले भने मदिरा ओसारपसारमा संलग्नलाइ गाउँकार्यपालीकाले यसअघि गरेको निर्णय अनुसार कार्बाहि गरीने बताउँनुभएको छ । गाउँपालीकाको निर्णय बिपरित अबैध काम गर्ने जो कोहिलाइ समेत आबश्यक कार्वाहि गरीने धामीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य