२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा जनप्रतिनिधिकै गाडिमा भित्रिदै गरेको अबैध मदिरा बरामद

२०७४, १६ कार्तिक बिहीबार १२:४७

कात्तिक १६, दार्चुला | दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा जनप्रतिनिधि र स्थानिय ब्यपारीहरुको मिलेमतोमा गोकुलेश्वरबाट ल्याइदै गरेको ३२ पेटि प्रतिबन्धीत मदिरा बिहिबार प्रहरीले पक्राउ गरेको छ । गत साउनदेखी नै मदिराको कारोबार पुर्ण प्रतिबन्ध गरीएको उक्त गाउँपालीकामा जनप्रतिनिधिकै संलग्नतामा अबैधरुपमा भित्र्याउदै गर्दा फेला परेको हो ।

कार्तीक शुक्ल चतुदर्शीका दिन शुक्रबार राष्ट्रकै सातौ धाम मालीकार्जुन मन्दीरमा लाग्ने ठुलो जात्रामा बिक्री गर्नकोलागी शैल्यसिखर नगरपालीका ९ गोकुलेश्वर बजारबाट मालीकार्जुन ल्याउँदैगर्दा मन्दीरको प्रबेश द्धारा मालीकार्जुन गाउँपालीका ३ चैतलिचौरबाट प्रहरीले मदिरा बरामद गरेको हो ।

गाउँपालीकाको वडा नम्बर ३ का निर्बाचित वडाअध्यक्ष एब. मालीकार्जुन मन्दीरका मुखीया रुद्र सिह धामीको म १ ज ९९ नम्बरको गाडि र से १ ज २८३ नम्बरको अर्को गाडि गरी २ ओटा गाडिहरुबाट मालीकार्जुनको चैतलिचौरमा प्रहरीले बिभिन्न ब्रान्डको ३२ पेटि मदिरा बरामद भएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष धामीले भने आफुलाइ जानकारी नगराएर अर्कैले गाडि चलाएकोले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन । दुबै गाडिबाट गरी प्रहरी चौकी मालीकार्जुनले एसटिएस १४ पेटि, बोक्सर १२ पेटि, भर्जिन ४ पेटि र अर्ना बियर २ पेटि बरामद गरेको प्रहरी चौकि मालीकार्जुनका सइ कुबेर सिह धामीले जानकारी दिनुभयो ।

वडा नम्बर ३ का निर्बाचित वडा सदस्य पदम सिह धामी, ब्यपारी प्रकास सिह धामी र कम्मान सिह धामीले जनप्रतिनिधिको गाडि प्रयोग गर्दै मालीकार्जुन जात्रामा ब्यपार गर्न गोकुलेश्वरबाट मदिरा ल्याएको खुलेको छ । बरामद गरीएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलालाइ बुझाइएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यसैबिच मालीकार्जुन गाउँपालीकाले साउन ३१ गते नै गाउँपालीकाभित्र मदिराको बिक्रिबितरण र प्रयोगमा पुर्ण प्रतिबन्ध गर्ने निर्णय गरेपनि जनप्रतिनि नै मदिराको कारोवारमा संलग्न पाइएपछि जनताहरुले आलोचना गरेका छन । जनप्रतिनिधिहरुले सरकारलाइ राजस्व तिरेर सामान्य ब्यबसाय गरीरहेका ब्यवसायिहरुको कारोबार बन्द गराएर कमाउ धन्दा चलाएको आरोप लगाएका छन । आफै धामी आफै झाक्री भएर जनप्रतिनिधिहरुले अनैतिक र असामाजिक काम गरेको मालीकार्जुनबासीको प्रतिक्रिया छ ।

गाउँपालीका अध्यक्ष नरेन्द्र सिह धामीले भने मदिरा ओसारपसारमा संलग्नलाइ गाउँकार्यपालीकाले यसअघि गरेको निर्णय अनुसार कार्बाहि गरीने बताउँनुभएको छ । गाउँपालीकाको निर्णय बिपरित अबैध काम गर्ने जो कोहिलाइ समेत आबश्यक कार्वाहि गरीने धामीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से