९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको माओवादीद्वारा उम्मेदवारी

१६ कार्तिक २०७४, बिहीबार १३:५४

कात्तिक १६, नवलपरासी | नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि चुनावमा उम्मेदवारी दिएको छ । 

क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा सहभागी भएको हो । प्रदेश नम्बर ५ परासीको प्रतिनिधिसभा  १ बाट रामचन्द्र पोखरेल र १ बाट प्रेमलाल रिमालले उम्मेदवारी दिनुभएको मोर्चाका अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिनुभयो । मोर्चाका चुनाव चिन्ह मुठठी रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा  १  क बाट सुर्यप्रसाद सापकोटा र ख बाट  गुणनिधि उपाध्यायले उम्मेदवारी दिनुभएको थियो ।  मोर्चाको परासी जिल्लाबाट ४ जना समानुपातिक उम्मेदवार सहित ८ जना उम्मेदवार रहेका छन् । त्यस्तै देजमोबाट नवलपुरमा पनि उम्मेदवारी भएको छ । नवलपुर १ बाट पिताम्त्रर तिवारी र १ ख बाट मणि प्रसाद न्यौपानको उम्मेदवारी परेको छ ।

त्यस्तै पत्रकार नारायण पंगेनी प्रतिनिधिसभा  १ बाटनवलपुर बाट उम्मेदवार हुनुभएको छ  । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पंगेनी क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चा देजमोको आधिकारिक उम्मेदवार हुनुभएको हो । 

आरुंङखोला निवासी पंगेनी काठमाण्डौमा पत्रकारितामा क्रियाशिल रहदै आउनुभएको थियो । पंगेनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद तथा  क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएको छ ।  त्यस्तै देजमोले प्रतिनिधिसभा  १ ख बाट श्याम बहादुर कुमाललाई उम्मेदवारी परेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले जानकारी दिनुभयो । नवलपुर जिल्लामा देजमोबाट ६ जना सहित १० जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो