२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङबाट क-कसले दिए निर्वाचनमा उम्मेदवारी ?

२०७४, १६ कार्तिक बिहीबार १५:४८

कात्तिक १६, तुलसीपुर (रासस) | नेकपा(माओवादी केन्द्र)का नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं २ मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । 

उहाँले घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै संविधान कार्यान्वयन र देशलाई आर्थिक समृद्धिमा लग्नका लागि मनोनयन गरिएको बताउनुभयो । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । 

त्यसैगरी नेकपा (एमाले)का नेता शंकर पोखरेलले प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं २ (क) मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यस्तै काँग्रेसका नेता तथा पूर्वश्रमराज्यमन्त्री डिल्ली चौधरीले प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ (क) मा उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएको छ । 

एमाले नेत्री कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ मा स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले एमालेले आफूलाई समानुपातिक उम्मेदवारको सूचीमा नराखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । 

दाङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसबाट सुशीला चौधरी, एमालेबाट मेटमणि चौधरी, संघीय समाजवादी फोरम नेपालबाट अशोककुमार यादव, नेपाली काँग्रेस(बिपी)बाट अशोक खड्का र राष्ट्रिय जनमोर्चा पार्टीबाट कपिलदेव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यसैगरी नेकपा (माले)बाट रेखा केसी, नयाशक्ति पार्टीबाट होमप्रसाद शर्मा तथा स्वतन्त्रबाट गौरसिंह महर, पर्शुनारायण चौधरी र सुरेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ (क) बाट ११ र खबाट आठ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से