२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा उम्मेदवारी मनोनयनपत्र, क-कसले दिए उम्मेदवारी ?

२०७४, १६ कार्तिक बिहीबार १६:०८

कात्तिक १६, लहान (रासस) | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज सिरहाका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । 

सिरहा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रदीप गिरी, वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गंगाप्रसाद यादव, फोरम–राजपा गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका राजलाल यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै सिरहा क्षेत्र नं २ मा काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का सुरेशचन्द्र दास यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका शत्रुधन महतो कोइरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै सिरहा क्षेत्र नं ३ मा काँग्रेसका अमर रेग्मी, वाम गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठ, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका अशेश्वर यादवको उम्मेदवारी दर्ता गराउनुभएको छ । 

सिरहा क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायक, काँग्रेसका निवर्तमान सांसद मोख्तार अहमद, फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १(क) मा काँग्रेसका सन्तोषकुमार चौधरी, वाम गठबन्धनबाट एमालेका लगनलाल चौधरी, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका वैधनाथप्रसाद साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

क्षेत्र नं १ (ख) मा काँग्रेसका देवनाथ यादव, वाम गठबन्धनबाट एमालेका अशोक यादव र फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

क्षेत्र नं २ (क) मा काँग्रेसका शैलेन्द्रकुमार यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका जीवछ यादव र फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका विजयकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । २(ख) मा काँग्रेसका तपेश्वर महतो, वाम गठबन्धनबाट माओवादी केन्द्रका मदन शेन श्रीवास्तव, फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका निर्मला यादवले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

क्षेत्र नं ३(क) मा काँग्रेसका मुस्ताक अन्सारी, वाम गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका मनोजकुमार सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्र नम्बर ३(ख) मा काँग्रेसका सुभाष यादव, वाम गठबन्धनबाट एमालेका प्रमोद यादव, फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका मनोरञ्जन गोइतले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

क्षेत्र नं ४(क) मा काँग्रेसका कपिलदेव साह, वाम गठबन्धनबाट माओवादी केन्द्रका दिलीप साह र फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका रामकुमार मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं ४(ख) मा काँग्रेसका गणेश मण्डल, वाम गठबन्धनबाट एमालेका तुलसीप्रसाद यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका सुरेश मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से