२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी–१ मा महामन्त्री डा कोइराला र पूर्वमन्त्री त्रिपाठी भिड्दै

२०७४, १६ कार्तिक बिहीबार १६:३९

कात्तिक १६, नवलपरासी (रासस) | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

बर्दघाट सुस्ता पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि डा कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता भविश्वर पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको हो । सोही क्षेत्रबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा हृदयेश त्रिपाठीले सूर्य चिह्न लिने गरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यसैगरी काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल बर्दघाट सुस्ता पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता घनश्याम यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व र पश्चिम क्षेत्रमा विभाजित भई प्रतिनिधिसभाका लागि चार तथा प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से