९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी–१ मा महामन्त्री डा कोइराला र पूर्वमन्त्री त्रिपाठी भिड्दै

१६ कार्तिक २०७४, बिहीबार १६:३९

कात्तिक १६, नवलपरासी (रासस) | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

बर्दघाट सुस्ता पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि डा कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता भविश्वर पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको हो । सोही क्षेत्रबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा हृदयेश त्रिपाठीले सूर्य चिह्न लिने गरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यसैगरी काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल बर्दघाट सुस्ता पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता घनश्याम यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व र पश्चिम क्षेत्रमा विभाजित भई प्रतिनिधिसभाका लागि चार तथा प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो