९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गोप्य रिपोर्ट बाहिरियो, पर्वतमा बामगठबन्धनको तर्फदेखि प्रतिनिधिसभामा पदम गिरीले जित्ने निश्चित

१७ कार्तिक २०७४, शुक्रबार १०:२८


पर्वत । पर्वतमा बामगठबन्धनले जित्ने गोप्य रिपोर्ट बाहिरिएको छ । आगमी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको  निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले जित हासिल पार्ने निश्चित भएको छ । बामगठबन्धनबाट प्रतिनिधिसभामो उम्मदेवार बनेका युवा नेता तथा नेकपा एमाले पर्वतका पदम गिरीले जिल्लामा ह्याट्रीक गरिसकेका नेपाली काँग्रेसका निर्वतमान सांसद अर्जुनप्रसाद जोशीलाई १० हजार मतले पछार्ने गोप्य रिपार्ट बाहिरिएको हो ।

रिपोर्टका अनुसार गत बैशाखमा भएको स्थानीय तहको चुनाव अनुसार पर्वतमा  नेकपा एमालेको २९ हजार ३ सय ९० मत देखिएको छ । जसमा माओवादी केन्द्रको ५ हजार ८ र ९४ मत जोडिएको छ । बामगठबन्धनको कुल मत ३५ हजार २ सय ८४ छ हुन्छ भने पर्वतमा नेपाली काँग्रेसको  २९ हजार १२ मत रहेको छ । जून बामगठबन्धनको भन्दा ६ हजार २ सय ७२ मतले थोरै हो । 

आगामी निर्वाचनमा पर्वतमा  १ लाख ७ हजार २ सय ९८ मतदाताले मतदान गर्नेछन् । स्थानीय तहको आंकडा अनुसार बामपन्थी गबठबन्धनले यसपाली पर्वतमा नेपाली काँग्रेसको किल्ला भत्काउने देखिएको हो ।

जसका आधारमा पर्वतमा प्रतिनिधिसभामा एमाले नेता पदम गिरी, प्रदेश तर्फ क्षेत्र नं १ मा माओवादी केन्द्र नेता नेत्र अधिकार र क्षेत्र २ मा निर्वतमान सांसद विकास लम्सालको जित सुनिश्चित भएको देखिएको हो । 

युवा नेता पदम गिरीको उम्मेदवारी भएसँगै पर्वतमा नेपाली काँग्रेस तर्सिएको छ ।  बामगठबन्धनले साविकका ५५ गाउँविकास समितिमा पैसाको चलखेल हुनसक्ने भन्दै युवा संघ र वाइसीलको एकै संगठन गरी युवाहरु परिचालन गर्ने भएको छ ।

पदम गिरीलाई जिताउ अभियान समेत शुरु भएको छ । निर्वतमान सांसद समेत रहेका नेपाली काँग्रेसका नेता अर्जुन जोशीसँग कार्यकता समेत खुसि देखिएका छैन । उनको विरुद्धमा बागी उम्मेदवारी समेत परेको छ । काँग्रेसकै नेता राजु शर्माले बागी उम्मेदवारी दिएपछि नेपाली काँग्रेसको मत विभाजन भएको छ यसले पनि बामगबन्धनलाइ फाइदा पुग्ने देखिन्छ । बागी उम्मेदवारले उम्मेदवारी फिर्ता  लिएपनि बामगठबन्धन स्वत विजयी हुने आंकलन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो