१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष "/>

२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कांग्रेसका उपाध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

२०७४, १७ कार्तिक शुक्रबार ११:१२


१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष नरबहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् । रुम्जाटारमा आयोजित बाम गटबन्धनको विशाल जनसभामा एमाले केन्द्रिय सदस्य तथा संघ तर्फका उमेद्वार यज्ञराज सुनुवारले कांग्रेसका प्रभावशाली नेता गुरुङलाई एमालेमा प्रवेश गराएका हुन् ।


एमाले केन्द्रिय सदस्य नेता यज्ञराज सुनुवार,जिल्ला अध्यक्ष मोहन श्रेष्ठ,प्रदेश क का उमेद्वार अम्बिरबाबु गुरुङले संयुक्त रुपमा सिन्दुर,खादा र माला लगाएर कांग्रेस नेता गुरुङ सहित संघिय समाजबादी फोरमका नेता गजेन्द्र राई सहित १०० भन्दा बढि कांग्रेस र अन्य साना दलका नेता,कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन् । 

कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेता गुरुङले कांग्रेसले कार्यकर्ताको भावना नबुझ्ने भएकाले आफुले विकल्प रोजेको बताए । ‘विपीको असल  विचारबाट प्रभावित भएर कांग्रेसको कार्यकर्ता भएको थिएँ, रामहरि खतिवडा जस्तो महिनै पिच्छे विभिन्न आरोप खेप्ने नेताको कार्यकर्ता पो भईयो अनि कांग्रेसमा बस्नुको अर्थ भएन’ उनले बामगठबन्धनको सभालाई सम्बोधन गर्दै भने ‘अब बाम उमेद्वारहरुलाई जिताउन भूमिका खेल्छु ।’ एमालेको पटक क्षेत्र रहेको रुम्जाटारका स्थानीय अम्बिरबाबु गुरुङले प्रदेश क को प्रत्यक्ष तर्फको टिकट पाएपछि त्यस आसपासका स्थानीय केही एमालेमा प्रवेश गरेर र केही अन्य पार्टीमै रहेकाले पनि गठबन्धनलाई सघाईरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो