१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कांग्रेसका उपाध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

१७ कार्तिक २०७४, शुक्रबार ११:१२


१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष नरबहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् । रुम्जाटारमा आयोजित बाम गटबन्धनको विशाल जनसभामा एमाले केन्द्रिय सदस्य तथा संघ तर्फका उमेद्वार यज्ञराज सुनुवारले कांग्रेसका प्रभावशाली नेता गुरुङलाई एमालेमा प्रवेश गराएका हुन् ।


एमाले केन्द्रिय सदस्य नेता यज्ञराज सुनुवार,जिल्ला अध्यक्ष मोहन श्रेष्ठ,प्रदेश क का उमेद्वार अम्बिरबाबु गुरुङले संयुक्त रुपमा सिन्दुर,खादा र माला लगाएर कांग्रेस नेता गुरुङ सहित संघिय समाजबादी फोरमका नेता गजेन्द्र राई सहित १०० भन्दा बढि कांग्रेस र अन्य साना दलका नेता,कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन् । 

कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेता गुरुङले कांग्रेसले कार्यकर्ताको भावना नबुझ्ने भएकाले आफुले विकल्प रोजेको बताए । ‘विपीको असल  विचारबाट प्रभावित भएर कांग्रेसको कार्यकर्ता भएको थिएँ, रामहरि खतिवडा जस्तो महिनै पिच्छे विभिन्न आरोप खेप्ने नेताको कार्यकर्ता पो भईयो अनि कांग्रेसमा बस्नुको अर्थ भएन’ उनले बामगठबन्धनको सभालाई सम्बोधन गर्दै भने ‘अब बाम उमेद्वारहरुलाई जिताउन भूमिका खेल्छु ।’ एमालेको पटक क्षेत्र रहेको रुम्जाटारका स्थानीय अम्बिरबाबु गुरुङले प्रदेश क को प्रत्यक्ष तर्फको टिकट पाएपछि त्यस आसपासका स्थानीय केही एमालेमा प्रवेश गरेर र केही अन्य पार्टीमै रहेकाले पनि गठबन्धनलाई सघाईरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य