९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा साधारण सदस्य समेत नरहने गरि हटाएको व्यक्तिले पाए टिकट, यस्तो छ कारण

१७ कार्तिक २०७४, शुक्रबार १३:३५

कात्तिक १७, नवलपरासी | नवलपरासीमा यो पटक कांग्रेसले अघिल्लो चुनावमा पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्काशन गरेको व्यक्तिलाई चुनावको टिकट दिएको छ । कांग्रेसले २०७० सालको दोश्रो संबिधान सभाको निर्वाचनमा आफ्नो आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका गुणनिधि तिवारी र उनैका प्रस्तावक बैजनाथ जयसवाललाई प्रदेशसभाको टिकट दिएको हो । 

तिवारीले ०७० को संविधानसभा चुनावमा नवलपरासी (तत्कालीन क्षेत्र नम्बर ४) बाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । बागी उम्मेद्वारीकै कारण त्यतिबेला कांग्रेसले पराजित बन्नु परेको थियो । 

अहिले पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ वाट तिवारी र जयसवाललाई प्रदेशसभामा टिकट दिईएको छ । यस अघि २०७० मा टिकेट पाएका देवेन्द्रराज कँडेल भने प्रतिनिधिसभातर्फ उम्मेदवार हुन् । २०७० को निर्वाचनमा बागी उठ्दा दुवैको मत बाडिएको थियो । मत बाँडीदा कांग्रेसले आधिकारिक रुपमा उठाएको कँडेलले ७ हजार ५ सय मत पाएका थिए भने झन्डै उनकै हाराहारीमा तिवारीले ७ हजार २ सय ५० पाएका थिए । २०७० सालमा बागी उम्मेदवार तिवारीकै कारण कांग्रेसले हारेको थियो । त्यतिखेर नवलपरासीमा कांग्रेसले हार्दा एमालेका बैजनाथ चौधरीले ८ हजार ५ सय मत ल्याएर विजय हाँशिल गरेका थिए । 

२०७० को निर्वाचनमा कांग्रेस केन्द्रीय समितिले बागी बनेका तिवारी सहितलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । तर तिवारी नवलपरासीमा लोकप्रिय भएको कारण यो पटक भने कांग्रेसले प्रदेश सभामा टिकट दिलाउन बाध्य बनेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो