प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म त वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे हुँ’

१७ कार्तिक २०७४, शुक्रबार १३:५४

प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् ।  ‘आफु गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने आफु त बेलायतकै प्रधानमन्त्री हुनु पर्ने हो, उनले प्रेश  युनियन गुल्मीले  आयोजना गरेको कार्यक्रममा भने– ‘ यति विकास  गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन् ।

गुल्मी क्षेत्र नम्वर २ मा  बिस वर्ष अघि देखिका सांसदहरुले गर्न नसकेको काम आफुले एउटै कार्यकालमा गरेको दावा गर्दै यति विकास गर्ने नेता त वेलायतकै प्रधानमन्त्री हुनु पर्ने मान्छे होईन र ?  विपक्षी राजनैतिक दलका नेताहरुबाट फेशवुके विकास प्रेमी नेताको सज्ञा पाएका उनले भने जसले विकास गर्छ उसले त लेखी हाल्छ नि, नगर्नेले कहाँबाट लेखोस भन्ने जवाफ दिए । आफुले जस्तो विकास यहाँका अरु जनप्रतिनिधीहरुले गर्न नसकेको कुरा पटक पटक दोहराएका नेता भण्डारीले फेरी पनि आफुले जिते नमुना जिल्ला बनाउने उद्घोष गरे । 

नेपाली भाषको जननीको रुपमा रहेको सँस्कृत भाषालाई प्रत्येक विद्यालयमा अनिवार्य पाठ्यक्रममा समावेश गर्ने, माथिबाट पहिरो खसेर बर्षेनी नागरिकले ज्यान गुमाउने गरेको तम्घास–पाल्पा–बुटबल सडकको स्तरोन्नती गर्ने लगायतका विकास निर्माण ल्याउने आश्वासन दिए  । त्यस्तै एसियाकै नमुना रिडीको पुल, रिडिधाम मेला, पर्यटकिय क्षेत्र रेसुङ्गा, विचित्र गुफा लगायतको संरक्षण र प्रचार प्रसार गरी पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने पनि नेताहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले आफूले जिल्लामा थुप्रै विकास निर्माणका कामहरु गरेको दाबी गरेका छन् । उनले नामै किटान गरी जिल्लाका विभिन्न स्थानमा विकासका लागि थुप्रै बजेट पारेको तर ठेकेदार केहि नेताहरु मिलेर रेसुङ्गा बिमानिस्थल जस्ता महत्वपूर्ण काम नभएको समेत आरोप लगाए । त्यसका साथै केन्द्रिय सदस्य भण्डारीले गुल्मी जिल्ला जडिबुटिका हिसाबले अन्त्यन्तै महत्वपूर्ण रहेको, मदाने, रेसुङ्गा लगायतका क्षेत्रमा पर्यटनहरु प्रशस्त आउने भएकोले पनि यी र यस्ता क्षेत्रको महत्वपूर्ण विकास गरी जिल्लालाई नमुना बनाउने उनको भनाई छ  ।

त्यस्तै पार्टीका सिद्धान्तहरु एक ठाउँमा राख्दै जनताको हक, हितमा लाग्नुपर्नेमा पनि उनले जोड दिए । क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार चन्द्र केसीले क्षेत्र नम्वर २ ले नयाँ नेताको खोजी गरेको दावि गर्दै आफ्नो र सिङ्गो नेपाली कांग्रेसको जित सुनिश्चित भएको बताए । उनि पत्रकारहरु प्रति भने अलि आक्रमक भएर आलोचना गरी रहेका थिए । कार्यक्रममा प्रदेश १ का उमेदवार पृथ्पीबहादुर फौदार , प्रदेश २ का धनेन्द्र कार्की , प्रदेश १ का उमेदवार शालिक पन्थी र ४ का उमेदवार छन्दबहादुर पहराईले पनि आफुहरुको जित सुनिश्चित भएको दावि गरेका थिए ।

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु