पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चुनाव जिते सरकारी सुबिधा नलिने अम्बिरबाबुको घोषणा

१७ कार्तिक २०७४, शुक्रबार १४:०५

पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट ओखलढुंगा क्षेत्र नं. क मा उमेद्वार बन्नुभएका नेता गुरुङले आफुले सांसद भएबापत सरकारबाट पाउने सबै सेवा,सुबिधा जिल्लाबासी जनतालाई दिने घोषणा गर्नुभएको हो । 

मत माग्न मतदाता माझ जानेक्रममा भिजन समाचारसँग कुरा गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । आफु जिल्लाको विकास र रुपान्तरणका लागि निश्वार्थ समाजसेवा गर्ने उद्धेश्यले चुनावी मैदानमा आएको बताउँदै उहाँले चुनाव जितेर सांसद भएपछि आफुले पाउने सबै सुबिधा जिल्लाका गरिब र विपन्न जनताको नाममा पारदर्शी रुपमा खर्च गर्ने बताउनुभयो । 

ओखलढुंगा जिल्लालाई भ्रष्टाचारमुक्त जिल्लाको परिकल्पना गर्दै आफ्नो जीत भएमा विकासमा हुने सबैखाले भ्रष्टाचार नियन्त्रण गर्न कदम चाल्ने समेत उहाँले बताउनुभयो । उहाँले जनताको नाममा आउने सामान्य बजेटमै भ्रष्टाचार हुने गरेको भन्दै गाउँको विकासका लागि भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो एजेण्डा हुने बताउनुभयो । शिक्षा,स्वास्थ्य,विद्युत,रोजगारी र नागरिकका दैनिक जीवनमा पर्ने हरेक समस्या समाधानमा नतिजा देखिनेगरि काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । ‘मलाई के गर्छस् भनेर नसोधे हुन्छ, किनकी म ओखलढुंगे जनतालाई जहाँ जुनबेला जे आवश्यक पर्छ त्यो गर्छु ।’ गुरुङले भन्नुभयो ‘बाम गठबन्धनका पक्षमा मतदाता छन् त्यसैले जित निश्चित छ भन्नेमा पुगेको छु ।’ उहाँले गाउँमा उम्मेदवारका एजेण्डा भन्दा मतदाता नै एजेण्डा तयार गरेर बस्ने गरेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार मतदाताका एजेण्डा नसुनी आफ्ना एजेण्डा उनीहरुले नसुन्ने गरेको समेत पाईएको छ । 
चुनाव जितेमा आफुले तलब भत्ता नलिने घोषणा गर्ने गुरुङ ओखलढुंगाका एक मात्र उम्मेदवार हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ