चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | आगामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङको ‘वाम एकता नभै दाम एकता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | आगामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङको ‘वाम एकता नभै दाम एकता"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘वाम एकता हैन, दाम एकता’: पोखरेल

१७ कार्तिक २०७४, शुक्रबार १६:१२

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | आगामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङको ‘वाम एकता नभै दाम एकता’ भएको नेपाली कांग्रेस खोटाङवाट प्रदेशसभा (क) का उम्मेद्वार उठेका सुवासकुमार पोखरेलले बताएका छन् । सञ्चार माध्यममा आएको ‘वाम’ भन्ने शब्दलाई निन्दा गर्दै चुनावी वहनामा केही समय कम्न्युष्ट पार्टीहरु एकता भएको, र त्यो २ वर्षभित्रमा च्यातिएर नामो निशान नरहने ठोकुवा गरेका छन् ।  

रुपाकोट मझुवागढी नगरपालिका वुईपा १४ स्थित पञ्चेदोवाटोमा चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेशसभाका उम्मेद्वार पोखरेलले खोटाङमा, कम्न्युष्ट पार्टीले २० वर्ष शासन गर्दा विकासको कुनै चपेटोसम्म देख्न नपाएको बताए । उनले भने ‘आफ्नो अमुल्य भोट दिएर सभासद तथा माननिय वनाईएकाहरुप्रति ईगिंत गर्दै आफ्नो विकासमा समेत वेवास्ता गरेका कयौं उदाहरणहरु हाम्रै समाजमा देखिएकाले अव, त्यस्तो गल्ती नदोर्याउँन वुईपावासीलाई अनुरोध गरे । “आफ्नो शुनिश्चित भविष्यको जिम्मा जनताकै हातमा भएको र त्यो मौकालाई दुरुपयोग नगर्न पञ्चेदोवाटोमा चुनावी सभामा उपस्थित जनतालाई आग्रह गरेका छन् ।”

कुनैपनि राजनीतिक दल तथा पार्टिको भ्रामक अफवाहमा आएका गतीविधिलाई चिर्न जनता आफै सजग हुन प्रष्ट पार्दै नेता पोखरेलले, “खोटाङमा भईरहेको अपुरो विकासको सुस्ततामाथी कडा निगरानी र विकासलाई सुस्त वनाउने जनताका सेवक भनि आखाँमा छारो लगाउँने माथी ठाडो प्रश्न गर्न खोटाङवासीलाई सचेत गराएका छन् ।”

कार्तिक १० बाहुनीडाँडाबाट थालेको चुनावीसभा शुक्रवार वुईपा पञ्चेदोवाटोमा समापन भएको चुनावी सभामा नेपाली कांग्रेस खोटाङका जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, युवा नेता सुमन आचार्य, जिल्ला कार्य समिति सदस्य प्रकाश कुमार श्रेष्ठ, प्रेमकुमार राई हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई लगायत जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो