९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा कुनै उम्मेदवार विरुद्ध पनि उजुरी परेन

१८ कार्तिक २०७४, शनिबार ०२:३८

कात्तिक १८, तेह्रथुम । तेह्रथुमबाट मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध कुनैपनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ११ राजनीतिक दलले उम्मेद्वारी दिएका थिए । कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ दलको उम्मेदवारी परेको हो । 

यस्तै प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा ९ र ‘ख’ निर्वाचन क्षेत्रमा ८ दलको उम्मेदवारी दर्ता भएको छ । तेह्रथुममा कुनैपनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छैनन् । निर्वाचन आयोगका अनुसार शनिबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा फिर्ता लिन सक्नेछन् । 

आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । 

तेह्रथुममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट सीता गुरुङ,  वाम–गठबन्धनबाट भवानीप्रसाद खापुङ, संघीय समाजवादी फोरम नेपालबाट तुलसीप्रसाद अधिकारी, नेकपा मालेबाट डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकबाट गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट शंकरमान लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनबाट गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीबाट हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालबाट टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीबाट सागरनाथ रेग्मीको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेश सभा सदस्य ‘क’ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका गोविन्द ढुंगाना, बाम गठबन्धनका लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सुर्य मादेन, नेकपा मालेका माधव प्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका बीरबहादुर थापाले उम्मेदवारी दिएका छन् । 

यस्तै प्रदेश सभा सदस्य ‘ख’ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका विजय सम्बाहाम्फे, बाम गठबन्धनका तेजमान कन्दङवा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदा देवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार लिम्बु, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश सभामा ‘क’ निर्वाचन क्षेत्रमा म्याङलुङ्ग नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पर्दछन् । यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो