२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचारसंहिता विपरीत भोट फकाउँदै मेयर

२०७४, १८ कार्तिक शनिबार ०२:५३

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिवका लागि छाना वितरण कार्यक्रम संचालन गरेका छन् । 

रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ दोर्पामा नेकपा एमालेको चुनावी कार्यक्रमलाई संवोधन गर्दै  रिजालले गरिवका लागि छाना वितरण गरेका हुन् ।

नगरपालिकाभीत्रका सवै वडामा अति विपन्न घर परिवारलाई छाना वितरण गर्ने कार्यक्रम रहेको भएपनि रिजालले चुनावका मुखमा छाना वितरण गरेर मतदातालाई प्रलोभ नमा पार्दै एमाललेलाई भोट लगाउनसमेत आग्रह गरेको खुलासा भएको हो । 

एमालेको चुनावी सभालाई संवोधन गर्दै रिजालले अवको विकास एमालेमार्फत हुने भएको र नगरपालिकामा एमालेको सरकार रहेकोले विकास निर्माण देखि जनताको दुखमा एमाले रहेको र  निरधकताका साथ भोट हाल्नसमेत आग्रह गरेको एक स्रोतले जनाएको छ ।  

नगरपालिकाले गरिवका लागि छाना वितरण कार्यक्रमको बहाना बनाएर स्थानीयलाई भोट माग्ने आधार बनाएको स्रोतको दावि छ । नगरपालिकाले स्थानीय गैर सरकारी संस्था लालिगुराँस टोल विकास संस्थालाई कार्यक्रमको आयोजन गर्न लगाएर गरिवलाई प्रमाण पत्र वितरण गर्दै विशाल भोजको समेत आयोजना गरिएको जनाईएको छ ।

यद्यपि, आचांसंहिता अनुसार हेर्ने हो भने कुनैपनि कार्यक्रममा सहभागी भएका एक व्यक्तिले नाम नखुलाउँने शर्तमा भने, ‘कार्यक्रम एमालेको हो की नगरपालिकाको हो की, लालिगुराँस टोल विकास संस्थाको हो छुट्याउँनै गाह्रो भयो ।’ उनले भने, ‘कार्यक्रमको माहोल बनाउँन र एमालेलेको शक्ति प्रदर्शन गर्नको लागि वहाना बनाएर स्थानीयलाई झिकाईएको रहेछ ।’

चुनावी समयमा कुनैपनि वजेट विनियोजन तथा कुनैपनि समान वितरण गर्न नपाईने आचासंहिता रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको भनाई छ । उनका अनुसार, ‘चुनावको समयमा पाइप, जस्तापाता, सिमेन्ट वितरण गर्ने गतिविधि कुनै पनि संघसस्थाले गरे वा कुनै पनि संस्था वा कार्याललयले जनतालाई प्रलोभन पार्ने खालका कार्यक्रम आयोजना गरे तत्काल कारवाही हुन्छ ।’  उनले भने, ‘ आचारसंहिताभन्दा माथी मेयर हुदैंनन्, सवैले आचारसंहिता पालाना गर्नुपर्छ, यदि नगरपालिकाले यो काम गरेको भए तत्काल सच्चिनलाई आग्रह गर्छु ।’

मेयर रिजालले नगरपालिकाका सवै वडाका अति विपन्न परिवारलाई नगरपालिकाको कार्यालयबाट छाना वितरण गर्ने कार्यक्रम रहेको र घरधुरी सर्वेक्षण गरि दोर्पाबाट जस्तापाता दिने गरि कार्यक्रम सुरु गरिएको जनाए । उनले भने, ‘विपन्न घर परिवारको सर्वेक्षण गरेर १५ घरलाई जस्तापाता उपलव्ध गराउँने गरि प्रमाणपत्र वितरण गरिएको छ ।’ 

त्यसोत, मेयर रिजालले आफ्नो फेसवुकमा फोटोसहित स्टाटसमार्फतनै लेखेका छन्, ‘नगरसभाले पारित गरेको गरिवको लागि छाना वितरण कार्यक्रम प्रारम्भ गरियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसहित आयोजित कार्यक्रम निक्कै व्यवस्थित थियो  भनेर पोष्ट गरेका छन् ।’

कुनैपनि सरकारी तथा गैरसकारी संघसस्थाले चुनावी कार्यक्रम आयोजना गर्न पाउँदैन तर एमालेले संस्थालाई कार्यक्रमको आयोना गरेर आचासंहिता उल्लघन गर्दै आएको छ । चुनावी सभामा एमालेका प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार विशाल भट्टराई, गठबन्धनबाट माओवादीका प्रदेश ‘ख’ का प्रत्यक्ष उम्मेद्वार रामकुमार राई, नगरपालिका मेयर दीपनारायण रिजाल, उपमेयर बिणादेवि राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश