२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जब बामगठबन्धनका उम्मेदवार पदम गिरी गर्जिए, नेपाली काँग्रेसको सातो गयो

२०७४, १८ कार्तिक शनिबार १३:३९

पर्वत । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश सभा क्षेत्र १(क)का उम्मेदवार नेत्र अधिकारीको उपस्थितीमा कार्यकर्ता भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् नेकपा एमालेका पर्वतका जिल्ला अध्यक्ष गिरीले संविधानको पूर्ण कार्यन्वयन गर्दै देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउनका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।

उहाँले पर्वतको समग्र युवाहरुको प्रतिनिधित्व गर्दै आफुले उम्मेदवारी दिएको बताउँदै वाम गठबन्धनको जितलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो । सधै जनताका विच भ्रमको राजनीति गरेर १८ वर्ष सांसद हुँदा पनि जिल्लाको विकासमा ठोस उपलब्धी हासिल हुननसकेको उहाँको भनाई थियो ।

अहिलेको निर्वाचनले भ्रमको राजनीतिलाई पत्तासाफ पार्ने गिरिले बताउनुभयो । उहाँले जलजलाको विकासका लागि वाम गठबन्धनले वृहत योजना बनाउने पनि बताउनुभयो । जिल्लाको साधनस्रोतको परिचालन गरेर जिल्लालाई नमुना बनाउने योजना वाम गठबन्धन सँग भएको उहाँको भनाई थियो ।

भेलामा प्रदेशसभा क्षेत्र १ (क) का उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट व्युरो सदस्य नेत्र अधिकारीले वाम तालमेल मात्र नभएर पार्टी एकता नै भएकाले निर्वाचनमा संयुक्त रुपमा परिचालित हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । वाम गठबन्धन र पार्टी एकता देशको आवश्यकता र जनताको चाहना वमोजिम भएको उहाँले बताउनुभयो । गाउँगाउँमा वाम गठबन्धनप्रति जनता उत्साहित भएको बताउँदै उहाँले पर्वतमा वामपन्थीको जितलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेकपा एमाले पर्वत बेनी बजार कमिटीका अध्यक्ष दिलिप वरुवालको अध्यक्षता, जलजजला गाउँपालिका १ का वडा अध्यक्ष तुलसी रेग्मीको स्वागत र हेमन्त थापाको सञ्चालनमा भएको कार्यक्रममा वाम गठबन्धनका जिल्लास्तरी नेता,पर्वत बेनीका युवा र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो