९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका मतदातालाई काँग्रेस महामन्त्री डा. कोइरालाको यस्तो आग्रह

१८ कार्तिक २०७४, शनिबार १४:०३

कात्तिक १८, नवलपरासी (रासस) | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई उत्साहजनक रुपमा सम्पन्न गराउन मतदातालाई आग्रह गर्नुभएको छ । 

नवलपरासीको रजहरमा खानेपानी ट्यांकी मर्मत तथा सरसफाइका लागि जनसम्पर्क समिति बेल्जियमले गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा डा कोइरालाले निर्वाचनलाई विजय र पराजयभन्दा पनि देश र देशवासीको जीतका रुपमा लिनुपर्ने विचार राख्नुभयो । डा कोइरालाले नवलपरासीको नवलपुर क्षेत्रलाई ४ नं प्रदेशमा राख्न आफूले भूमिका खेलेको बताउँदै आगामी पाँच वर्षमा सो क्षेत्रमा ट्रमा सेन्टर, चक्रपथलगायत पर्याप्त अवधारणा पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

डा कोइरालाले नवलपरासीलाई समुन्नत विकासका लागि आफ्नो पहल अझ अगाडि बढ्ने बताउनुभयो । लोकतन्त्र नै मुलुकको समृद्धिको पहिलो आधार भएको बताउँदै अब लोकतन्त्रलाई अझ स्थापित गर्न नेपाली काँग्रेसलाई विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभयो । 

सो अवसरमा जनसम्पर्क समिति बेल्जियमले नवलपरासीको देवचुली नगरपलिका १६ स्थित पहाडी क्षेत्रमा रहेको बाह्रकोल खानेपानी उपभोक्ता समितिलाई रु एक लाखको चेक सहयोगस्वरुप हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो