९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी २ बाट उम्मेदवार ऋषिराम पौडेलले उम्मेदवारी फिर्ता लिए

१८ कार्तिक २०७४, शनिबार १४:५८

कात्तिक १८, परासी | नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेलले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । 

नेपाली कांग्रेस बि.पी पार्टीको तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतिनिधि सभा २ का लागि दर्ता गराएको पौडेल आफनो उम्मेदवारी आज एक प्रेस बिज्ञप्ती जारी गर्दै फिर्ता लिएको बताएका छन् । प्रजातन्त्रका लागि निरन्तर संघर्षरत रहने कुसल संगठक ऋषिराम पौडेलको उम्मेदवारी फिर्ताले नेपाली कांग्रेस वृत्तमा खुशियाली छाएको र उनले नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई बिजयी गराउन सहयोग र समर्थन समेत रहने यसै प्रेस विज्ञप्ती माफर्त जनकारी गराएका छन् ।

स्थानिय तहको निर्वाचन र हाल हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले पार्टीका वफादार र संघर्षरत निष्ठवान कार्यकर्ताहरुलाई टिकट नदिई एकलौटी रुपमा पार्टीका शिर्ष नेताहरु आ–आफना कार्यकर्ताहरुलाई टिकट वितरण प्रति आपत्ती जनाउदै क्रियाशिल युवा पौडेलले आफनो उम्मेदवारी दिएका थिए तर पौडेको यस निर्णयले नेपाली कांग्रेसलाई कतै अप्ठयारो बनाउने हो कि भन्ने चिन्ताले पौडेल पार्टी प्रतिको वफादारिता देखाउदै आफनो उम्मेदवारी फिर्ता लिएको उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

पौडेलले भने म पार्टीको प्रगतिका लागि दिलोज्यानले सहयोग गर्ने र पार्टीका अधिकारिक उम्मेदवारहरुलाई बिजयी बनाउन सहयोग र समर्थन गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो