२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङलाई संमृद्ध जिल्ला बनाउँछु: वजिमय

२०७४, १८ कार्तिक शनिबार १५:०९

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । प्रदेश नम्बर एक खोटाङबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएकी सरस्वति वजिमयले पाँच वर्षभित्र जिल्लालाई समृद्ध बनाउँने उदघोष गर्नुभएको छ  ।

नेपाली कांग्रेसको चुनावी अभियानका क्रममा जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी वजारमा शनिवार आयोजित कार्यक्रमलाई संवोधन गर्दै वजिमयले आफुलाई मतदाताले भोट लगाएर जिताएको खण्डमा पाँच वर्षभित्र संमृद्ध जिल्ला बनाउँने उद्घोष गर्नुभएको हो ।


कार्यक्रमलाई संवोधन गर्दै उहाँले, “राणा शासन, पञ्चायती व्यवस्था लगायतका अवस्थासंगै लड्दै आएको कांग्रेस बाम गठबन्धनसंग लड्नु अनौठो कुरा होईन, त्यसैले बाम गठबन्धनवाट डराउँनुपर्ने आवश्यकतानै छैन् ।”  

वजिमयले एमाले माओवादी गठबन्धनले देशमा अधिनायकबाद निम्त्याउँन खोजेको बताउँनुभयो । जिल्लामा १९ जना उम्मेद्वारमध्ये बजिमय एक्ली महिला उम्मेद्वार हुन् । उनीलाई खोटाङमा महिलामैत्री एजेण्डाहरुमा अग्रशिल नेतृका रुपमा चिनिने गरिन्छ । 

यस्तै, प्रदेश सभा ‘ख’ प्रत्यक्ष उम्मेद्वार विष्णुकुमार राईले बाम गठबन्धनको नाममा जनताको अधिकार खोस्न लागिएको बताउँनुभएको छ  । नेपाली कांग्रेसको चुनावी अभियान अन्तर्गत जन्तेढुङगा गाउँपालिकाको चिसापानी बजारमा सभालाई सम्वोधन गर्दै राईले बाम एकता गर्ने वहानामा भ्रम फैलाएर सोझा जनताको अधिकार खोस्न लागिएको बताउँनुभएको हो । 

उहाँले, एमाले “अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले मंसिर १० गते कालो दिन ल्याएर जनतालाई अधिकनायकवाद लाद्न खोजेको र जनताले त्यो बुझ्न जरुरी रहेको बताउँनुभयो ।” कार्यक्रममा पूर्व राज्य मन्त्री शिवकुमार वस्नेत, यूवा नेता भूपेन्द्र राई, केशव कार्की, क्षेत्रिय सभापति तीर्थराज भट्टराईलगायतको उपस्थिति रहेको जनाईएको छ  ।

यस्तै, कांग्रेसको चुनावी अभियानकै क्रममा प्रदेश ‘क’ का प्रत्यक्ष उम्मेद्वार तथा नेपाली कांग्रेसका प्रभावशाली नेता शुवासकुमार पोखरेलले वाम एकताको तालमेल तेल र पानी जस्तो हुने बताउँनुभएको छ । चुनावी अभियान कार्यक्रम अन्तर्गत लामीडाँडा गाउँपालिकामा संवोधन गर्दै उहाँले “बाम एकता हुनु र तेल र पानी एकैठाउँमा मिलेर वस्नु सोच्नै नसकिने बताउँनुभएको हो ।” 

पोखरेलले सभालाई संवोधन गर्दै यो वाम एकता नभै दाम एकता भएको समेत उल्लेख गरेका छन् कुनैपनि राजनीतिक दल तथा पार्टिको भ्रामक अफवाहमा आएका गतीविधिलाई चिर्न जनता आफै सजग हुन प्रष्ट पार्दै नेता पोखरेलले, “खोटाङमा भईरहेको अपुरो विकासको सुस्ततामाथी कडा निगरानी र विकासलाई सुस्त वनाउने जनताका सेवक भनि आखाँमा छारो लगाउँने माथी ठाडो प्रश्न गर्न खोटाङवासीलाई सचेत गराएका छन् ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से