९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङलाई संमृद्ध जिल्ला बनाउँछु: वजिमय

१८ कार्तिक २०७४, शनिबार १५:०९

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । प्रदेश नम्बर एक खोटाङबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएकी सरस्वति वजिमयले पाँच वर्षभित्र जिल्लालाई समृद्ध बनाउँने उदघोष गर्नुभएको छ  ।

नेपाली कांग्रेसको चुनावी अभियानका क्रममा जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी वजारमा शनिवार आयोजित कार्यक्रमलाई संवोधन गर्दै वजिमयले आफुलाई मतदाताले भोट लगाएर जिताएको खण्डमा पाँच वर्षभित्र संमृद्ध जिल्ला बनाउँने उद्घोष गर्नुभएको हो ।


कार्यक्रमलाई संवोधन गर्दै उहाँले, “राणा शासन, पञ्चायती व्यवस्था लगायतका अवस्थासंगै लड्दै आएको कांग्रेस बाम गठबन्धनसंग लड्नु अनौठो कुरा होईन, त्यसैले बाम गठबन्धनवाट डराउँनुपर्ने आवश्यकतानै छैन् ।”  

वजिमयले एमाले माओवादी गठबन्धनले देशमा अधिनायकबाद निम्त्याउँन खोजेको बताउँनुभयो । जिल्लामा १९ जना उम्मेद्वारमध्ये बजिमय एक्ली महिला उम्मेद्वार हुन् । उनीलाई खोटाङमा महिलामैत्री एजेण्डाहरुमा अग्रशिल नेतृका रुपमा चिनिने गरिन्छ । 

यस्तै, प्रदेश सभा ‘ख’ प्रत्यक्ष उम्मेद्वार विष्णुकुमार राईले बाम गठबन्धनको नाममा जनताको अधिकार खोस्न लागिएको बताउँनुभएको छ  । नेपाली कांग्रेसको चुनावी अभियान अन्तर्गत जन्तेढुङगा गाउँपालिकाको चिसापानी बजारमा सभालाई सम्वोधन गर्दै राईले बाम एकता गर्ने वहानामा भ्रम फैलाएर सोझा जनताको अधिकार खोस्न लागिएको बताउँनुभएको हो । 

उहाँले, एमाले “अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले मंसिर १० गते कालो दिन ल्याएर जनतालाई अधिकनायकवाद लाद्न खोजेको र जनताले त्यो बुझ्न जरुरी रहेको बताउँनुभयो ।” कार्यक्रममा पूर्व राज्य मन्त्री शिवकुमार वस्नेत, यूवा नेता भूपेन्द्र राई, केशव कार्की, क्षेत्रिय सभापति तीर्थराज भट्टराईलगायतको उपस्थिति रहेको जनाईएको छ  ।

यस्तै, कांग्रेसको चुनावी अभियानकै क्रममा प्रदेश ‘क’ का प्रत्यक्ष उम्मेद्वार तथा नेपाली कांग्रेसका प्रभावशाली नेता शुवासकुमार पोखरेलले वाम एकताको तालमेल तेल र पानी जस्तो हुने बताउँनुभएको छ । चुनावी अभियान कार्यक्रम अन्तर्गत लामीडाँडा गाउँपालिकामा संवोधन गर्दै उहाँले “बाम एकता हुनु र तेल र पानी एकैठाउँमा मिलेर वस्नु सोच्नै नसकिने बताउँनुभएको हो ।” 

पोखरेलले सभालाई संवोधन गर्दै यो वाम एकता नभै दाम एकता भएको समेत उल्लेख गरेका छन् कुनैपनि राजनीतिक दल तथा पार्टिको भ्रामक अफवाहमा आएका गतीविधिलाई चिर्न जनता आफै सजग हुन प्रष्ट पार्दै नेता पोखरेलले, “खोटाङमा भईरहेको अपुरो विकासको सुस्ततामाथी कडा निगरानी र विकासलाई सुस्त वनाउने जनताका सेवक भनि आखाँमा छारो लगाउँने माथी ठाडो प्रश्न गर्न खोटाङवासीलाई सचेत गराएका छन् ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो