Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ७ चैत्र शनिबार
पर्बत - PBT

अर्जुृन जोशीलाई आफ्नै नेता कार्यकर्ताले साथ नदिदाँ पदम गिरीले विजयीको माला लगाउने भए (भिडियो सहित)

२०७४, १९ कार्तिक आईतवार ०४:१४


पर्वत । नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएपछि पुर्व महासमिति सदस्य समेत रहेका पौडेलले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।

पर्वतको प्रदेश सभा क मा प्रत्यक्ष तर्पm उमेदवारीको दावा गर्दै आएका शर्माले प्रतिनिधि सभा सदस्यको लागि बागी उम्मेद्वारी दर्ता गराएका हुन । नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा जिल्ला बिकास समितिका पुर्व उपसभापति रहेका पौडेल कांग्रेस भित्र प्रभावशाली नेता मानिन्छन । उनी २०५१ सालमा पर्वत क्षेत्र नं १ बाट प्रतिनिधी सभामा बिजयी भएका इन्दु शर्मा पौडेलका भाई समेत हुन् ।


नेपाली कांग्रेस पर्वतका एउटा ब्यक्तिको अधिनायकबाद कायम रहेकाले त्यसका बिरुद्ध उमेदवारी दिएको बताएका छन । ‘नेपाली कांग्रेस एउटा ब्यक्तिको पेवा होइन’ उनले भने ‘प्र्रजातन्त्रका लागि लडेकाहरु कसैको अधिनायकबाद सधैभर स्विकार गरेर बस्न सक्दैनन, त्यसैले स्वतन्त्र उमेदवारी दिएको हो’ उनले आँपूm लामो समय नेपाली काँग्रेसमा रहेर सक्रिय राजनीति गरेको भएपनि आप्mनो पार्टीले भने त्यसको मूल्याङकन नगरेको प्रतिक्रिया दिएका छन । उनले यस पटक पैसाका आधारमा टिकट बिक्री भएको र संसदीय बोर्ड देखि जिल्लामा उठ्ने उमेदवार समेतले पैसा दिएर टिकटको बाँडफाँड भएकाले आफुँले उमेदवारी दिएको बताए । ‘

मैले कसैका बिरोधमा उम्मेद्वारी होईन, पार्टीमा पैसाको आधारमा टिकट बाँडिने चलनको बिरोध हो । पैसा नभएकै कारण मैले टीकट पाईन त्यसैले मैले काँग्रेसको राजनीतिबाट पछाडि हट्ने गरी र उम्मेद्वारी फिर्ता नलिने गरी मनोनयन दर्ता गराएको हुँ ।” आँपूm पटक पटक गरी १४ महिना सम्म जेल परेको भएपनि पार्टीले भने छलकपट गरेको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश