Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
९ माघ २०८२, बिहीबार
पर्बत - PBT

अर्जुृन जोशीलाई आफ्नै नेता कार्यकर्ताले साथ नदिदाँ पदम गिरीले विजयीको माला लगाउने भए (भिडियो सहित)

१९ कार्तिक २०७४, आईतवार ०४:१४


पर्वत । नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएपछि पुर्व महासमिति सदस्य समेत रहेका पौडेलले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।

पर्वतको प्रदेश सभा क मा प्रत्यक्ष तर्पm उमेदवारीको दावा गर्दै आएका शर्माले प्रतिनिधि सभा सदस्यको लागि बागी उम्मेद्वारी दर्ता गराएका हुन । नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा जिल्ला बिकास समितिका पुर्व उपसभापति रहेका पौडेल कांग्रेस भित्र प्रभावशाली नेता मानिन्छन । उनी २०५१ सालमा पर्वत क्षेत्र नं १ बाट प्रतिनिधी सभामा बिजयी भएका इन्दु शर्मा पौडेलका भाई समेत हुन् ।


नेपाली कांग्रेस पर्वतका एउटा ब्यक्तिको अधिनायकबाद कायम रहेकाले त्यसका बिरुद्ध उमेदवारी दिएको बताएका छन । ‘नेपाली कांग्रेस एउटा ब्यक्तिको पेवा होइन’ उनले भने ‘प्र्रजातन्त्रका लागि लडेकाहरु कसैको अधिनायकबाद सधैभर स्विकार गरेर बस्न सक्दैनन, त्यसैले स्वतन्त्र उमेदवारी दिएको हो’ उनले आँपूm लामो समय नेपाली काँग्रेसमा रहेर सक्रिय राजनीति गरेको भएपनि आप्mनो पार्टीले भने त्यसको मूल्याङकन नगरेको प्रतिक्रिया दिएका छन । उनले यस पटक पैसाका आधारमा टिकट बिक्री भएको र संसदीय बोर्ड देखि जिल्लामा उठ्ने उमेदवार समेतले पैसा दिएर टिकटको बाँडफाँड भएकाले आफुँले उमेदवारी दिएको बताए । ‘

मैले कसैका बिरोधमा उम्मेद्वारी होईन, पार्टीमा पैसाको आधारमा टिकट बाँडिने चलनको बिरोध हो । पैसा नभएकै कारण मैले टीकट पाईन त्यसैले मैले काँग्रेसको राजनीतिबाट पछाडि हट्ने गरी र उम्मेद्वारी फिर्ता नलिने गरी मनोनयन दर्ता गराएको हुँ ।” आँपूm पटक पटक गरी १४ महिना सम्म जेल परेको भएपनि पार्टीले भने छलकपट गरेको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो