नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बामगठबन्धनको संयुक्त निर्वाचन क्षेत्रिय भेला सम्पन्न

२०७४, १९ कार्तिक आईतवार ०४:४५

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्मेदवार नेत्रनाथ अधिकारीले लामो समयदेखिको पर्वते जनताको निराशालाई बामगठबन्धनका उम्मेदवारहरुले बदल्ने योजनाका साथ आएको बताउंदै २० वर्षभन्दा बढि समयदेखि पर्वत जिल्ला अविकासको चपेटामा परेको तथा  राष्ट्रिय महत्व पाउन नसकेको तितो यथार्थलाई अव बामगठबन्धनले परिवर्तन गर्ने र पर्वतको विकासको ढोका अव खोल्ने धारणा राख्नु भयो ।

 कार्यक्रममा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले कम्यूनिष्टहरु विभाजित भएका कारण संधै जनविरोधी र दक्षिणपन्थीहरुले राज गरेको तथा कुशासन र भ्रष्टाचारको आहालमा मुलुकलाई डुबाएको भन्दै ढिलै भएपनि बामपन्थीहरु एक ठाउँमा आएका कारण अव मुलुकको समृद्धि अभियानलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो  । नेकपा एमाले पर्वतका उप सचिव एवम क्षेत्र नं. १ का संयोजक गोविन्द पहाडीको अध्यक्षता र नेकपमा एमाले कुश्मा नगर संगठन कमिटिका सह संयोजक विष्णु नेवारको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुंवर, नेकपा माओवादी केन्द्रका गुप्त हमाल लगायतले बोल्नु भएको थियो । 

संयुक्त भेला पछि जलजला, कुश्मा र मोदी गाउं तथा नगर संगठन कमिटिका संयुक्त बैठकहरु बसी वार्ड तहसम्म नेकपा एमाले र नेकपा माओवादी केन्दका संयुक्त बैठकहरु आयोजना गरि साझा रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको जानकारी नेकपा एमालेका उपसचिव गोविन्द पहाडीले दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश