नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बामगठबन्धनको संयुक्त निर्वाचन क्षेत्रिय भेला सम्पन्न

१९ कार्तिक २०७४, आईतवार ०४:४५

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्मेदवार नेत्रनाथ अधिकारीले लामो समयदेखिको पर्वते जनताको निराशालाई बामगठबन्धनका उम्मेदवारहरुले बदल्ने योजनाका साथ आएको बताउंदै २० वर्षभन्दा बढि समयदेखि पर्वत जिल्ला अविकासको चपेटामा परेको तथा  राष्ट्रिय महत्व पाउन नसकेको तितो यथार्थलाई अव बामगठबन्धनले परिवर्तन गर्ने र पर्वतको विकासको ढोका अव खोल्ने धारणा राख्नु भयो ।

 कार्यक्रममा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले कम्यूनिष्टहरु विभाजित भएका कारण संधै जनविरोधी र दक्षिणपन्थीहरुले राज गरेको तथा कुशासन र भ्रष्टाचारको आहालमा मुलुकलाई डुबाएको भन्दै ढिलै भएपनि बामपन्थीहरु एक ठाउँमा आएका कारण अव मुलुकको समृद्धि अभियानलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो  । नेकपा एमाले पर्वतका उप सचिव एवम क्षेत्र नं. १ का संयोजक गोविन्द पहाडीको अध्यक्षता र नेकपमा एमाले कुश्मा नगर संगठन कमिटिका सह संयोजक विष्णु नेवारको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुंवर, नेकपा माओवादी केन्द्रका गुप्त हमाल लगायतले बोल्नु भएको थियो । 

संयुक्त भेला पछि जलजला, कुश्मा र मोदी गाउं तथा नगर संगठन कमिटिका संयुक्त बैठकहरु बसी वार्ड तहसम्म नेकपा एमाले र नेकपा माओवादी केन्दका संयुक्त बैठकहरु आयोजना गरि साझा रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको जानकारी नेकपा एमालेका उपसचिव गोविन्द पहाडीले दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली