२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा मन्त्रीहरुको घरमा कालोझण्डा

२०७४, १९ कार्तिक आईतवार ०५:४५

खकेन्द्र केसी | कार्तिक १९, सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले सल्यानका पुर्व मन्त्रीहरुको घरमा कालोझण्डा गाडेको छ ।

विना विभागीय सामान्य प्रशासन मन्त्री तथा सल्यानबाट बाम गठबन्धनका प्रतिनिधी सभाका उमेदार टेकबहादुर बस्नेत, पुर्व राज्य शिक्षा मन्त्री तथा नेपाली काँग्रेसबाट प्रतिनिधी सभाका उमेदार राजेन्द्र बहादुर शाहा र राप्रापाबाट प्रतिनिधी सभाका उमेदार गणेश भण्डारीको घरमा दलाल संसदिय व्यवस्थाका प्रतिनिधिहरु मूर्दावाद लेखेको कालोझण्डा गाडिएको नेकपा सल्यानले जनाएको छ । 


चुनाव खारेजी अभियान अन्तरर्गत सनिबार एकैदिन तिन नेताको घर बस्नेतको बागचौरको व्युरेखोला, शाहाको खालंगार भण्डारीको लुहाममा कालो झण्डा गाडिएको नेपाल कम्युनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले बताएका छन् । 

प्रशासन लगाएर आफ्ना नेता(कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको इन्चार्ज  विश्वल अनलाइन तहल्कालाई बताएका छन । 


उता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले कालो झण्डा गाडेको खबर आफुहरुलाई आएका तर त्यहाँ जादाँ प्रहरी फेला पार्न नसकेको बताएक छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से