९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मतदाता रिझाउन गाउँगाउँमा बझाङका उम्मेदवार

१९ कार्तिक २०७४, आईतवार ०५:४९

कात्तिक १९, बझाङ | प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनितिक दल र तिनका उम्मेदवार र तिनका कार्यकर्ता यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् ।

यस अघिका चुनावमा घरदैलो कार्यक्रम कम गरेका नेताहरुले यो निर्वाचनमा भने पहिलोको तुलनामा यसपटक भने  बझाङका विभिन्न ठुला देखी साना पाटी र तिनका उम्मेदवार उम्मेदवारले घरदैलो अभियानलाई बढी प्राथमिकता दिँदै आएका छन ।

 बझाङमा लोकतान्त्रिक र वाम गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव प्रचारप्रसारको अभियानमा सबैले आफ्ना एजेन्डासहित घरदैलो अभियानमा आउने जनपा ७ का गणेश बोहराले बताए । 

घरदैलो अभियान सवैभन्दा बढी प्रभावकारी हुने ठहर सहित आफ्नो पार्टीले जनसभाको तुलनामा यसपटक घरदैलो अभियानलाई तीव्र बनाएको नेपाली कांग्रेस बझाङका पार्टी सभापति तथा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार  पृथ्वी बहादुर  सिहले भने प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै सिटमा आफ्ना पार्टीका उम्मेदवाहरुले जित्ने दाबी गर्दै उहाँले यसका लागि घरदैलो अभियान आफ्नो पार्टीका लागि सहज वातावरण बनेको बताउनुभयो ।


 नेपाली काङ्ग्रेस बझाङले प्रदेश सभा सदस्यका लागी क्षेत्र १को क वाट पुर्व सभासद चन्दा देवी जोशी र प्रदेश सभा सदस्यका लागी क्षेत्र नँ १ को ख वाट पुर्व राज्य मन्त्री नरेश बहादुर सिह चुनावी मैदानमा छन  

दुई हप्तादेखि क्षेत्र नं १ को विभिन्न ठाँउमा प्रचारप्रसार अभियान संचालन गरेको नेपाली कांग्रेसले नेपाली काग्रेस बझाले जनाएको छ । पहिलोचरणमा साबिकको  गाविस मटेला देउलेख कडेल  गाविसहरुमा जनसभा र भेटघाटको कार्यक्रम सम्पन्न गरिसकेको छन । 

त्यस्तै वाम गठबन्धनले पनी गाँउगाँउमा चुनावी  अभियान लिएर गाउँमा पुगेको बाम गठवन्धनले जनाएको छ ।

बाम गठवन्धनले पनि पहिलो चरणमा अन्तरगत  क्षेत्र नं १ को  साबिकको रिलु, मस्ठा, भातेखेला, तलकोट,लगाएतका गाविसहरुमा जनसभा र घरदैलो अभियान पुरा गरेको बाम गठवन्धनले जनाएको छ ।

बाम  गठबन्धन बझाङले प्रतीनिधी सभाका लागी नेकपा एमाले बझाङका पार्टी इन्चार्ज भैरव बहादुर सिह र प्रदेस सभाका लागी माओवादी केन्द्र कि  देवकी मल्ल थापा लाई उतारेको छ भने प्रदेस सभा क वाट वाम गठवन्धनका तफवार्ट एमाले पार्टीका पुर्व जिल्ला अध्यक्ष अर्जुन बहादुर थापा चुनावी मैदानमा  छन । – टेकेन्द्र बोहराको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो