९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीलाई हराउन आफ्नै कार्यकर्ता सक्रिय, काँग्रेसको रेकर्ड तोडिने सम्भावना-भिडियो सहित

१९ कार्तिक २०७४, आईतवार ०९:४२

पर्वत । जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको लागि निवर्तमान साँसद अर्जुनप्रसाद जोशीले टिकट पाएका छन । प्रदेशसभा क मा पुर्वसभापति नबराज गुरुङ्ग र ख मा महाधिबेशन प्रतिनिधी राजेन्द्र तिवारी उमेदवार भएका छन ।

उमेदवार छनौटका क्रममा रामचन्द्र पौडेल समुह पुरै क्लिन स्विपमा परेको छ भने शेरबहादुर देउवाको पक्षमा सधै रहेका राम शर्मा पौडेलहरुले समेत बिद्रोह गरेका छन । प्रदेश क मा राम शर्मा पौडेल र बिद्वान गुरुङ्ग उमेदवारको अन्तिम प्रतिष्पर्धामा रहेका थिए । तर २०७० को चुनाबमा पर्वत क्षेत्र नं २ मा गएका नबराज गुरुङ्ग प्रदेश क मा फर्किपछि उनी संगै रहेका राम शर्मा पौडेल पनि असन्तुष्ट बनेका छन भने बिद्वान गुरुङ्गले पनि खुलेर सहयोग गर्ने अवस्था नदेखिएको कांग्रेसका कार्यकर्ताले बताएका छन् ।
प्रदेश ख मा पुर्व साँसद तथा बिकासबादी दृष्टिकोणका अभियान्ता ऋषिकेश तिवारीको उमेदवारी राती अन्तिम समयमा काटिएको छ। तिवारीको नाम मध्यरातमा काटिएपछि उनले बालुवाटारमै अनसन बस्ने चेतावनी दिएका थिए ।

उमेदवारी चयनपछि नेपाली कांग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, जिल्ला उपसभापति दुर्गाबहादुर खत्री, २०५६ मा अर्जुनप्रसाद जोशीले जनैबादको नारा लगाउँदै उमेदवारी खोसेका भवानीशंकर पौडेल, पुर्व क्षेत्रिय सभापति बलभद्र शर्मा, महाधिबेशन प्रतिनिधी गंगाराज शर्मा, पुर्व जिल्ला सभापति लालकाजी गुरुङ्ग समेत असन्तुष्ट रहेका छन । यी सबै असन्तुष्टहरुको समर्थन आफुँलाई रहेको बागी उमेदवार शर्माले पत्रकार सम्मेलनमा बताए । ‘अधिनायकबाद र निरंकुशताका बिरुद्ध एकमुष्ट बिष्फोट भएको छ’ उनले भने ‘अहिले सम्म गुम्सिएको असन्तुष्टि भूकम्प जस्तै बिष्फोट भएको हो’ ।

यो सँगै नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएपछि पुर्व महासमिति सदस्य समेत रहेका पौडेलले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । एकपक्षीय रुपमा टिकट वितरण भएको भन्दै काँग्रेसभित्र भएका गुटविच द्वन्द्व शुरु भएको छ । यसले बामगठबन्धनलाई ठूलै फाइदा हुने अनुगामान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो