२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेसद्धारा दिक्तेलमा चुनावी प्रचारप्रसार सुरु

२०७४, १९ कार्तिक आईतवार १२:५४

चिसाङ शेर्पा/कात्तिक १९, खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दिक्तेलमा प्रचारप्रसार शुरु गरेको छ । 

आइतवार भवनगैरावाट खटेका कांग्रेसका नेता, कार्यकर्ताहरुले सदरमुकामभित्र रहेका घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार गरेको हो । प्रतिनिधिसभाका उम्मेद्वार नेतृ सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई गाउ–गाउमा चुनावी घरदैलो अभियान चलाईरहंदा जिल्लामा कांग्रेसका अन्य कार्यकर्ताहरुले भवनगैरादेखी हाँटडाडाँसम्म प्रचारप्रसार गरेकोे हो ।


नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द जोशीका अनुसार सोमवार त्रिवेणीचोक–रत्नपार्कसम्म प्रचारप्रसार गर्ने जनाइएको छ । शनिवार वाम गठबन्धनले दिक्तेलमा प्रचारप्रसार गरेको थियो ।  

उता, केपिलासगढी गाउँपालिका वाक्सिला ४ स्थित पृथ्वी उच्च माविमा कांग्रेस निकट नेपाल विधार्थी संघको समिति गठन भएको छ । सुजन अधिकारी खत्रीको अध्यक्षतामा २३ सदस्य समिति गठन भएको हो । उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव सोनिया तामाङ, सह,सचिव चन्दा राई र कोषाध्यक्षमा समिता राई रहनुभएको छ । 

विधार्थी नेता राजन भट्टराईको प्रमुख आतिथ्यमा गठित समितिले चुनाव प्रचारप्रसारमा सघाउने नेता भट्टराईले बताए । उनले भने,“बाम गठबन्धन चिर्नका लागि समिति गठन गरिएको हो ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से