पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद"/>
२०८२, ८ फाल्गुन शुक्रबार
पर्बत - PBT

पर्वतमा लोकतान्त्रिकभन्दा बामगठबन्धन बलियो, गाउँगाउँमा बामगठबन्धन, पार्टी कार्यालयमा छलफलमै काँग्रेस

२०७४, २० कार्तिक सोमबार ०३:५८

पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद्वार बनेका छन । प्रतिनिधि सभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबासीले पनि निकै चासोका साथमा हेरेका छन् ।

संसदीय राजनीतिमा ईन्ट्री मार्ने दाउमा रहेका बाम गठबन्धनका उम्मेद्वार बनेका गिरी र संसदीय राजनीतिमा ह्याट्रीक गरिसकेका काँग्रेसका जोशीबीचको चुनावी प्रतिस्पर्धाले अहिले जिल्ला तताएको छ । लगातार ह्याट्रीक गर्ने सिमित नेताभित्र पर्ने जोशीलाई उनी जिल्लावासीका जिम्मेवार र विकासका संभाहकको,अनूभवी नेताको रुपमा लिएका छन् । उनलाई चुनावी रणनीतिका बलिया खेलाडीको रुपमा लिने गरिएको छ जस्का कारण उनी तीन तीन पटक जित्न सफल भएका छन् । वामपन्थिको वहुमत भएको क्षेत्रमा समेत चलाखीपूर्ण तरिकाले विजय हासील गर्दै आएका छन् । भने एमालेका गिरी पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियू सभापति हुँदै विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन । चलाखीपूर्ण र मिजासिलो राजनीतिका कारण गिरीलाई पार्टीले समेत अन्य नेतालाई पन्छाउँदै प्रतिनिधि सभाको लागि उम्मेद्वार बनाएको हो । गिरीलाई पनि जिल्लाबासीले आसलाग्दो नेताका रुपमा हेर्ने गरेका छन् ।

यसैगरी, प्रदेश सभाको लागि पर्वत क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रसको तर्फ बाट पूर्व जिल्ला सभापति नवराज गुरुङ र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्र अधिकारी ‘हिमाल’ चुनावी मैदानमा छन् । गुरुङ संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. २ बाट एमालेका विकास लम्सालसंग पराजित उम्मेद्वार हुन भने, माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. १ मा काँग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित व्यक्ति हुन् । जोशीले लगातार तीन पटक सम्म निर्वाचन जितेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई ओटा तह नेपाली काँग्रेस र बाँकी स्थानीय तहमा एमालेले जितेको थियो ।

यस्तै, प्रदेश सभाको निर्वाचनको लागि बाम गठबन्धनको तर्फ बाट पर्वत क्षेत्र नं. २ (ख) बाट नेकपा एमाले पर्वतका पूर्व अध्यक्ष तथा निवर्तमान साँसद विकास लम्साल र नेपाली काँग्रेसको तर्फ बाट पैयूँ गाउँपालिकाका नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि यूवा नेता राजेन्द्र प्रसाद तिवारी  भिड्दै छन । संबिधान सभा निर्वाचन २०६४ मा माओवादी र २०७० मा एमालेले जित हात पारेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पाँच स्थानीय तहमा एमाले र दुइ स्थानीय तहमा काँग्रेस बिजयी भएको छ ।

स्थानीय तहको मत अनुसार लोकतान्त्रिक शक्ति भन्दा पर्वतमा बामगठबन्धन निकै बलियो देखिएको छ । स्थानीय तहमा पाँच तह आफ्नो कोल्टोमा पारेको नेकपा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रको मत जोड्दा पर्वतमा काँग्रेसको भन्दा ६ हजारभन्दा बढीले कम हुन आउँछ जसका कारण पनि पर्वतमा बामगठबन्धन लोकतान्त्रिक गठबन्धनमाथि निकै भारी हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो