९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चुनावी प्रचार सामग्रीले सिंगारियो बजार, कांग्रेसले सोमवार पनि प्रचार गर्दै

२० कार्तिक २०७४, सोमबार ०५:५१

चिसाङ शेर्पा | कात्तिक २०, खोटाङ | निर्वाचन नजिकिएसँगै खोटाङका अधिकांश व्यापारिक केन्द्र पार्टीको झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटले रंगिन थालेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार–प्रसारकाक्रममा बढि भीडभाड हुने दिक्तेल, हलेसी, बाक्सिला, खोटाङबजार, चिसापानी, ऐसेलुखर्क लगायतका बजार पार्टीका प्रचार प्रसार सामग्रीले रंगिएका छन् । 

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारीकाक्रममा वाम गठबन्धनमा आवद्ध एमाले र माओबादी केन्द्र, कांग्रेस र संघीय समाजबादी फोरमले राखेको झण्डा, पर्चा, पम्प्लेटले दिक्तेल बजार सिंगारिएको छ । संघीय समाजबादी फोरमले भने पर्चा, पम्प्लेट मात्र टाँसेको छ । स्थानीय तहको निर्वाचनकाक्रममा प्रचार सामग्रीले बेहुलीझैं सिंगारिएको दिक्तेल पुःन रंगीबिरंगी बनेको छ । ठाउँ–ठाउँमा झण्डाको तोरण तानिएको छ ।

अधिकांश नेता तथा उम्मेद्वार गाउँमा केन्द्रित भइरहँदा वाम गठबन्धनले दिक्तेलमा शनिबार चुनाव प्रचार–प्रसारकारुपमा हरेक घर, होटल र पशलमा झण्डा राखेका छन् । संयुक्त चुनावी कार्यक्रम भइरहेकाबेलामा सदरमुकाम दिक्तेल लगायत व्यापारिक केन्द्रमा पनि प्रचार–प्रसार थालिएको एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए । यस्तै, कांग्रेसले दिक्तेलमा आईतबारदेखि निर्वाचन प्रचारप्रसार शुरु गरेको छ । कांग्रेसका नेता तथा कार्यकताले दिक्तेलको भवनगैरादेखि हरेक घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार थालेको हो । सोमवार त्रिवेणीचोकदेखी रत्नपार्कसम्म प्रचारप्रसार गर्दैछ । 

जिल्लामा कांग्रेसकातर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) मा सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) मा विष्णुकुमार राई चुनावी मैदानमा छन् । यस्तै, वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका विशाल भट्टराई, प्रदेशससभा (क) मा एमालेकै राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका रामकुमार राई चुनानी मैदानमा छन् । कुल एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका लागि दश राजनीतिक दलका नेताले भाग लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो