२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

व्यापक चुनावी कसरतमा नयाँ शक्ति, यस्तो छ चुनावी रणनीति

२०७४, २० कार्तिक सोमबार १०:४२

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाइ जिताउँन पार्टीका नेता तथा कार्यकर्ताहरु व्यापक चुनावी कसरतमा जुटेका छन् । 

आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधि र प्रदेससभा चुनावमा कृषि वैज्ञानिक राईलाई विजयी गराउन नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरु गाउ–गाउमा चुनावी प्रचारप्रसारमा खटेका हुन् । विभिन्न स्थानका लागि टोली खटाई पार्टीका सवै तहका नेता, कार्यकर्ता चुनावी सभा तथा भेटघाटमा व्यास्त बनेका छन् । 

कार्तिक ५ गते रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलस्थित आचार्य टोलवाट चुनावी अभियान शुरु गरेका प्रतिनिधिसभाका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईले नगरपालिकाभित्रको पाथेका, जालपा, खार्मीवाहेक १२ वडाहरुमा चुनावीसभा सकेर मंगलवार दिप्रुङ गाउँपालिकाको पञ्चमीवजारमा चुनावीसभा गर्न पुगेका छन् ।

जिल्लामा कार्यकर्ताको हिसावमा कम कार्यकर्ता भएको पार्टीमा गणना हुने नयाँ शक्तिले, हलेसी तुवाचुङ नगरपालिका भित्रका अर्खौले, सल्ले, मंगलटार, दुर्छिम, हलेसी, साकेला गाउँपालिकाको वाझेच्यानडाँडा, रतन्छा, मात्तिम, मानेभञ्ज्याङ, खिदिमा र दिप्रुङ गाउँपालिकाको धिप्लुङ, छितापोखरी, टेम्मा, याम्खा, डाडागाउ र छोरम्बुमा बृहत चुनावी सभा गरेको हो ।

प्रदेशसभा क र ख का मनोनयन दर्तागरी तीन दिनपछि उम्मेद्वारी ब्याक गरेका प्रदेशसभा (क) मोहन गुरुङ र (ख) का मणि राई मदन जिताउ दाउमा गाउ–गाउमा खटेका छन् । गुरुङ नगरपालिकाको खार्मी, जालपा र पाथेकामा खटेका छन् । पार्टी अध्यक्ष सुर्य राई, मोहन राई, पेशल कार्की लगायतका टोली वाक्सिला, सप्तेश्वरमा खटिरहेका छन् । मणि राई भने मदनसंगै चुनावी सभाका खटेका छन् ।  

गिता श्रेष्ठ, किशोर राईका टोली ऐसेलुखर्क गाउँपालिकामा तथा खोटेहाङ गाउपालिकामा जित कुमार राईका टिम व्यापक चुनावी कसरतमा खटेको नयाँ शक्ति नेपाल खोटाङका नेता रोशन राईले बताए । 

जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनसंग प्रर्तिस्पर्धा गर्नका लागि नयाँ शक्ति पार्टी चुनावी कसरतमा जुटिरहेको आँकलन गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से