९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

व्यापक चुनावी कसरतमा नयाँ शक्ति, यस्तो छ चुनावी रणनीति

२० कार्तिक २०७४, सोमबार १०:४२

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाइ जिताउँन पार्टीका नेता तथा कार्यकर्ताहरु व्यापक चुनावी कसरतमा जुटेका छन् । 

आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधि र प्रदेससभा चुनावमा कृषि वैज्ञानिक राईलाई विजयी गराउन नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरु गाउ–गाउमा चुनावी प्रचारप्रसारमा खटेका हुन् । विभिन्न स्थानका लागि टोली खटाई पार्टीका सवै तहका नेता, कार्यकर्ता चुनावी सभा तथा भेटघाटमा व्यास्त बनेका छन् । 

कार्तिक ५ गते रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलस्थित आचार्य टोलवाट चुनावी अभियान शुरु गरेका प्रतिनिधिसभाका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईले नगरपालिकाभित्रको पाथेका, जालपा, खार्मीवाहेक १२ वडाहरुमा चुनावीसभा सकेर मंगलवार दिप्रुङ गाउँपालिकाको पञ्चमीवजारमा चुनावीसभा गर्न पुगेका छन् ।

जिल्लामा कार्यकर्ताको हिसावमा कम कार्यकर्ता भएको पार्टीमा गणना हुने नयाँ शक्तिले, हलेसी तुवाचुङ नगरपालिका भित्रका अर्खौले, सल्ले, मंगलटार, दुर्छिम, हलेसी, साकेला गाउँपालिकाको वाझेच्यानडाँडा, रतन्छा, मात्तिम, मानेभञ्ज्याङ, खिदिमा र दिप्रुङ गाउँपालिकाको धिप्लुङ, छितापोखरी, टेम्मा, याम्खा, डाडागाउ र छोरम्बुमा बृहत चुनावी सभा गरेको हो ।

प्रदेशसभा क र ख का मनोनयन दर्तागरी तीन दिनपछि उम्मेद्वारी ब्याक गरेका प्रदेशसभा (क) मोहन गुरुङ र (ख) का मणि राई मदन जिताउ दाउमा गाउ–गाउमा खटेका छन् । गुरुङ नगरपालिकाको खार्मी, जालपा र पाथेकामा खटेका छन् । पार्टी अध्यक्ष सुर्य राई, मोहन राई, पेशल कार्की लगायतका टोली वाक्सिला, सप्तेश्वरमा खटिरहेका छन् । मणि राई भने मदनसंगै चुनावी सभाका खटेका छन् ।  

गिता श्रेष्ठ, किशोर राईका टोली ऐसेलुखर्क गाउँपालिकामा तथा खोटेहाङ गाउपालिकामा जित कुमार राईका टिम व्यापक चुनावी कसरतमा खटेको नयाँ शक्ति नेपाल खोटाङका नेता रोशन राईले बताए । 

जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनसंग प्रर्तिस्पर्धा गर्नका लागि नयाँ शक्ति पार्टी चुनावी कसरतमा जुटिरहेको आँकलन गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो