१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा गलत कार्य गर्ने जो सुकैलाई पनि नछाडिने

२१ कार्तिक २०७४, मंगलवार ११:१८

कात्तिक २१, काठमाडौं । २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई क्षेत्रीयस्तरमा प्रशिक्षण दिने कार्यक्रम सुरु भएको छ । क्षेत्रीयस्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यस जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज आयोजित ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ गर्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तु विनिमयको साधन जस्तो नबनाउन राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व हो भन्नुहुँदै प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

ट्रेड युनियनको दबाबमा निर्वाचनमा कसैलाई पनि नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिनु हुँदै डा. यादवले निर्वाचनमा गलत कार्य गर्ने जो सुकैलाई पनि नछाड्ने बताउनुभयो । शहर बजार र सार्वजनिक स्थल फोहोर नगर्न उम्मेदवारहरूलाई आग्रह गर्दै उहाँले सुरक्षाकर्मीहरुलाई पनि टुलुटुलु हेरेर नबस्न निर्देशन दिनुभयो । प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीहरुलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व, संकल्प र लक्ष्य भएकाले निर्वाचन अभियानलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको छ भन्नभयो । दुवै चरणको निर्वाचनलाई सफल बनाउन करिब ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइने जानकारी दिनु हुँदै प्रवक्ता ढकालले मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पुर्याउनुपर्ने सेवाका विषयमा तल्लो तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो । प्रशिक्षणमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिंखडा तथा जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले निर्वाचनको तयारीका विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी