२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नयाँ शक्तिले वजार, व्यापरिक केन्द्रमा चुनावी प्रचार सामग्री नराख्ने

२२ कार्तिक २०७४, बुधबार १०:२२

चिसाङ शेर्पा/कात्तिक २२, खोटाङ  । नयाँ शक्ति पार्टी नेपाल खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारप्रसारका कुनै पनि सामग्री प्रर्दशन नगर्ने जनाएको छ । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि प्रचारप्रसारका वहनामा पुरानै ढर्रा नअपनाउने नयाँ शक्तिले बताएको छ । झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटजस्ता चुनावी प्रचारका सामाग्री जिल्लामा कही पनि नराख्ने पार्टी अध्यक्ष सुर्य राईले जानकारी दिनुभयो । 

भोट माग्न जनताका घरघरमा पुगेका छौ, त्यहाँ पनि हामीले प्रचारप्रसारका कुनै सामग्रीहरु राखेका छैनौ पार्टी अध्यक्ष राईले भने, “केन्द्रले नगर्नु त भनेको छैन, तर हामी शान्तमय तथा रचनात्मक तवरमा चुनावी प्रचारप्रसार गछौ ।” राजनीतिको बहानामा सडक जाम गर्ने, घरका भित्ता, खम्वा, सडक, सार्वजनिक स्थल फोहोर गर्ने, शहर कुरुप वनाउने, ¥याली गर्ने, अनावश्यक हो–हल्ला गर्ने काम नयाँ शक्तिले गदैन । “हामी मानवको नैसर्गिक अधिकारको मर्म बुझ्ने कोशिष गछौ ।”

जिल्लामा बाम गठबन्धन, नेपाली काग्रेस, संघिय समाजवादी फोरमले दिक्तेल वजारका पसल, होटल, घर र विजुलीका खम्बा तथा सदरमुकाम वाहिरका मुख्य व्यापरिक केन्द्रमा झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेट राखेर प्रचार गरीरहेको वेला आफुले त्यस्ता कुनै पनि चुनावी प्रचारप्रसारका सामग्री सो नगर्ने र अन्य पार्टी सरह शहर कुरुप बनाउन प्रचार नगर्ने नयाँ शक्तिले जनाएको छ । 

जिल्लावाट नयाँ शक्ति पार्टीवाट प्रतिनिधिसभा उम्मेद्वारका लागि कृषि विज्ञ मदन राई उठेका छन् । उनलाई जिताउन प्रदेशसभाका क र ख का उम्मेद्वारहरुले स्वेच्छिक मनोनय फिर्ता गरेका थिए । नेपाली काग्रेस र बाम गठबन्धनसंग प्रर्तिसपर्धा गर्न नयाँ शक्ति व्यापक चुनावी प्रचारमा खटेका छन् । कांग्रेसवाट प्रतिनिनिसभाका लागि पुर्व सभाषद सरस्वती वजिमय, प्रदेशसभा (क) सुवासकुमार पोखरेल प्रदेशसभा (ख) विष्णु कुमार राई उम्मेद्वार छन् । 

बाम गठबन्धनवाट केन्द्रका लागि एमालेका पुर्व सभाषद विशाल भट्टराई प्रदेससभा (क) एमालेका राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राम कुमार राई (पासाङ) चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो