२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन: नेम्वाङ

२०७४, २३ कार्तिक बिहीबार ०७:१४

कात्तिक २३, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँच वर्षसम्म स्थिर सरकार बनाउन र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा बहुमत दिन आग्रह गर्नुभएको छ । 

इलाम क्षेत्र नं २ अन्तर्गत आज बिहान चमैताको बाघखोरमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त क्षेत्रको उम्मेदवार रहनुभएका उहाँले संविधानले सुनिश्चित गरेको जनताका अधिकारलाई अब वाम गठबन्धनले कार्यान्वयनमा ल्याउने बताउनुभयो । 

समुन्नत राष्ट्रको परिकल्पनाका लागि पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउनुपर्नेमा जोड दिँदै पूर्व सभामुख नेम्वाङले मुलुकको दिगो विकास र समृद्धिका लागि गठबन्धनको घोषणापत्रमा उल्लेख भएबमोजिम नै अघि बढ्ने विचार व्यक्त गर्नुभयो । 

विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भन्नुभयो, “क्षेत्र नं २ का जनताको समृद्धि र विकास चाहेको छु, तपाईंहरू निर्वाचित गर्नुस् म विकास गरेरै छाड्छु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से