२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पूर्वसभामुख नेम्वाङलाई चुनौती दिने ७८ वर्षीय वृद्ध को हुन् ?

२३ कार्तिक २०७४, बिहीबार ०८:४३

कात्तिक २३, इलाम । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ । 

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ । 

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भन्नुभयो । राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उहाँभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुनुहुन्छ । 

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिनुभएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुग्नुभयो । उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले)का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

अविवाहित उम्मेदवार 

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमबाट उठ्नुभएका २६ वर्षीय मणिविक्रम लिम्बू हुनुहुन्छ । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा (ख) मा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवार अविवाहित हुनुहुन्छ । 

सोही क्षेत्रमा नयाँशक्तिबाट उठ्नुभएका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका २७ वर्षीय सचेन घले अविवाहित हुनुहुन्छ । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

दुई जनामात्र महिला उम्मेदवार 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्पmका ५१ उम्मेदवारमध्ये दुईजना मात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् । 

नेकपा (एमाले)का तर्फबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्पmबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…