२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा आईपुग्यो निर्वाचन सामग्री, शनिवारवाट मतदाता शिक्षा शुरु

२३ कार्तिक २०७४, बिहीबार ११:४१

चिसाङ शेर्पा/कात्तिक २३, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवाश्यक साम्रगी विहीवार विहान दिक्तेल आईपुगेको छ । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारजस्ता आवाश्यक सामग्री ल्याईएको हो । १ लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । १ सय ७९ मतदान केन्द्र रहेको खोटाङमा २८ वटा मतदानस्थललाई सुरक्षाको दृष्टिले अति संवेदनशील घोषणा गरिएको छ ।


निर्वाचनका लागि जिल्लामा एक हजार १४ जना म्यादी प्रहरी, ८ सय २६ नेपाल प्रहरी र १ सय ६१ जना सशस्त्र प्रहरी गरी २ हजार १ जना खटिने छ । अति संवेदनशील मानिएको मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको तीनवटा सुरक्षा घेरा हालिने जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बतानुभयो ।

जिल्लामा निर्वाचनका लागि आवाश्यक सामग्री आएसंगै कात्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी रहेको छ । अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी खत्रीले बताउनुभयो ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि २ जनाको कोटा रहेको खोटाङमा दश राजनैतिक दल चुनावी मैदानमा उत्रेका छन् । यद्यपी जिल्लामा बाम गठबन्धनका उम्मेद्वार विशाल भट्टराई र नेपाली कांग्रेसकी सरस्वती वजिमयविचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो