२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हलो जोतेर घरदैलो अभियान गर्दै जननेता नेत्र अधिकारी(भिडियो सहित

२०७४, २४ कार्तिक शुक्रबार ०२:४२


पर्वत । जनयुद्धका समयमा सर्वसाधारणको घरमा हलो जोत्ने, मल बोक्ने, खेत खन्ने र सर्वसाधारणकै परिवार भएर माओवादी नेताहरुले ज्यान जोगाउँथे । सेना प्रहरीको धरपकडबाट बाँच्थे, जोगिन्थे पनि । कहिले डोका बुन्ने त कहिले मल बोक्ने माओवादी नेता कार्यकर्ताको दैनिकी जस्तै हुन्थ्यो ।पर्वत क्षेत्र नं ‘क’ बाट प्रदेश सभामा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नेत्र अधिकारीले हलो जोतेर चुनावी अभियानको थालनी गरेका हुन् ।

माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गरेका छन् । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन निर्माण भएको दावी गरे ।

अधिकारीले घरदैलो अभियानलाई हलो जोतेर उद्घाटन गरेका हुन् । पर्वतमा सरल, निष्ठावान र ईमान्दार छवि बनाएका अधिकारीलाई प्रायले चिन्दछन् ।


शान्तिकालमा फर्किएको माओवादीका जिल्ला स्तरका नेताहरुले परिश्रमलाई प्रमुखमा राख्ने गर्दथे । उनीहरु गल, गैंची र बेल्चा बोकेर सडक निर्माणमा समेत जुटेका कैयौं उदाहरणहरु छन् । कुर्घा–पाङराङको सडक, नेपाल तारा उच्च माद्यमिक विद्यालयको खेलमैदान, सरौंखोलाको सिञ्चाई कुलो लगायतका थुप्रै कामहरुमा माओवादी नेताहरुले गैची र बेल्चा बोकेर श्रमदान गरेका ति उदाहरणहरु ताजै छन् ।‘हामी श्रमिक वर्गलाई पहिलो स्थानमा राख्ने गर्दछौ, त्यसकारण मैले हलो जोतेर घरदैलो अभियानको उद्घाटन गरें अधिकारीको भनाई थियो ।

आर्थिक समृद्धि र विकासका निम्त्ति नेता कार्यकर्ता जनता सबैले राष्ट्रको लागि श्रम र त्याग गर्नैपर्दछ उनेले थपे ।’ ०७० सालमा पर्वत–१ बाट संविधानसभा निर्वाचनमा तेस्रो बनेका अधिकारीले जनताको पक्षमा काम गर्ने मौका दिन समेत सर्वसाधारणसँग आग्रह गरे ।

कार्यक्रमा नेकपा एमालेका उपसचिव गोविन्द्र पहाडी, पूर्व उपसचिव उदय सुवेदी, माओवादीका नेता दिपक आचार्य,गुप्त हमाल, ढाकाराम गौतम, शेषराज रेग्मी र निर्मल पुनले पर्वतमा विकासको ढोका खोल्न वामपन्थीका साझा उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गरेका थिए ।

माओवादी केन्द्र नाग्लीवाङ अध्यक्ष सोम जिसीको स्वागत,बनौ गाउँकमिटिका सदस्य डम्बरवहादुर पुनको सञ्चालन र वडा अध्यक्ष गौवहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पर्वतमा मंसिर २१ गते दोस्रोचरणमा निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने