१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हलो जोतेर घरदैलो अभियान गर्दै जननेता नेत्र अधिकारी(भिडियो सहित

२४ कार्तिक २०७४, शुक्रबार ०२:४२


पर्वत । जनयुद्धका समयमा सर्वसाधारणको घरमा हलो जोत्ने, मल बोक्ने, खेत खन्ने र सर्वसाधारणकै परिवार भएर माओवादी नेताहरुले ज्यान जोगाउँथे । सेना प्रहरीको धरपकडबाट बाँच्थे, जोगिन्थे पनि । कहिले डोका बुन्ने त कहिले मल बोक्ने माओवादी नेता कार्यकर्ताको दैनिकी जस्तै हुन्थ्यो ।पर्वत क्षेत्र नं ‘क’ बाट प्रदेश सभामा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नेत्र अधिकारीले हलो जोतेर चुनावी अभियानको थालनी गरेका हुन् ।

माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गरेका छन् । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन निर्माण भएको दावी गरे ।

अधिकारीले घरदैलो अभियानलाई हलो जोतेर उद्घाटन गरेका हुन् । पर्वतमा सरल, निष्ठावान र ईमान्दार छवि बनाएका अधिकारीलाई प्रायले चिन्दछन् ।


शान्तिकालमा फर्किएको माओवादीका जिल्ला स्तरका नेताहरुले परिश्रमलाई प्रमुखमा राख्ने गर्दथे । उनीहरु गल, गैंची र बेल्चा बोकेर सडक निर्माणमा समेत जुटेका कैयौं उदाहरणहरु छन् । कुर्घा–पाङराङको सडक, नेपाल तारा उच्च माद्यमिक विद्यालयको खेलमैदान, सरौंखोलाको सिञ्चाई कुलो लगायतका थुप्रै कामहरुमा माओवादी नेताहरुले गैची र बेल्चा बोकेर श्रमदान गरेका ति उदाहरणहरु ताजै छन् ।‘हामी श्रमिक वर्गलाई पहिलो स्थानमा राख्ने गर्दछौ, त्यसकारण मैले हलो जोतेर घरदैलो अभियानको उद्घाटन गरें अधिकारीको भनाई थियो ।

आर्थिक समृद्धि र विकासका निम्त्ति नेता कार्यकर्ता जनता सबैले राष्ट्रको लागि श्रम र त्याग गर्नैपर्दछ उनेले थपे ।’ ०७० सालमा पर्वत–१ बाट संविधानसभा निर्वाचनमा तेस्रो बनेका अधिकारीले जनताको पक्षमा काम गर्ने मौका दिन समेत सर्वसाधारणसँग आग्रह गरे ।

कार्यक्रमा नेकपा एमालेका उपसचिव गोविन्द्र पहाडी, पूर्व उपसचिव उदय सुवेदी, माओवादीका नेता दिपक आचार्य,गुप्त हमाल, ढाकाराम गौतम, शेषराज रेग्मी र निर्मल पुनले पर्वतमा विकासको ढोका खोल्न वामपन्थीका साझा उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गरेका थिए ।

माओवादी केन्द्र नाग्लीवाङ अध्यक्ष सोम जिसीको स्वागत,बनौ गाउँकमिटिका सदस्य डम्बरवहादुर पुनको सञ्चालन र वडा अध्यक्ष गौवहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पर्वतमा मंसिर २१ गते दोस्रोचरणमा निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो